मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु, बुद्ध एयरको जहाज अवतरण

Ujyalosandeshonline 12456+ समाचार ( )
१ पौष २०८१, सोमबार

राजविराज । बुद्ध एयरले सप्तरीको राजविराज विमानस्थलमा सोमबारबाट रात्रीकालीन उडान सुरु गरेको छ । सोमबार साँझ संचारकर्मीलगायतको टोली बोकेको नाइन एन एएनडब्लु यू–४,१७१ को जहाज राजविराज विमानस्थल अवतरण गरेसँगै काठमाडौंदेखि राजविराजको दुईतर्फी रात्री उडान शुभारम्भ भएको हो । सोमबार क्याप्टेन मनोज केसीले राजविराजमा जहाज अवतरण गरे । 

वुद्ध एयरले रात्रीकालीन उडान राजविराजबाट सुरु गरेसँगै रात्रीकालीन उडान गर्ने विमानस्थलको संख्या १० वटा पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कम भिजिबिलिटी भएको अवस्था र रात्रीकालिन समयमा पनि अवतरण गर्ने प्रणालीको विकास गरेसँगै बुद्ध एयरले रात्रीकालिन उडान सुरु गरेको हो ।

बुद्ध एयरले दैनिक दिउँसो एउटा उडान गर्दै आएकोमा पूर्वाधार तयारीसंगै रात्रीकालिन उडानको शुभारम्भ गरेको हो । प्राधिकरणले ‘इन्स्ट्रमेन्ट फ्लाईट ल्याण्डिङ्ग सिस्टम’ लागु गरेपछि राजविराज विमानस्थलमा रात्रीकालिन उडान सुरु गर्न उपयुक्त ठानिएको हो ।  राजविराज विमानस्थलमा २०७६ माघ १८ देखि बुद्ध एयरले दैनिक नियमित उडान गर्दै आएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार