मुख्य समाचार
जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह | सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग | अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २२ घाइते | धर्म, संस्कृतिको संरक्षण र नैतिक शिक्षाबाट मात्रै समाज सुधार सम्भव:मुख्यमन्त्री आचार्य | चैतेधान खेती | रुपन्देहीमा २३ लाख बढीको अवैध सामान बरामद: तस्करीको जालो तोड्न प्रहरीलाई चुनौती | ‘मोबाइल’को निउँमा भनाभन हुँदा ... | तुलसीपुरका थारु महिला तरकारीखेतीबाट आत्मनिर्भर बन्दै | महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध | पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवर्द्धन गरिने |

चाडपर्वले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउँछ : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11244+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले होली पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले मौलिक चाडपर्वहरूले समुदायबीच आपसी सद्भाव बढाउने र राष्ट्रिय एकतालाई अझ मजबुत बनाउने उल्लेख गरे ।

असत्यमाथि सत्य, अन्यायमाथि न्याय, र अन्धकारमाथि उज्यालोको विजयको प्रतीकका रूपमा मनाइने फागू पूर्णिमा (होली) पर्वले समाजमा प्रेम, भाइचारा र मित्रताको सन्देश फैलाउने उनको विश्वास छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार मौलिक कला र संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा विकासमा प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशको विविध साँस्कृतिक सम्पदा, परम्परा र मौलिक पहिचान नै समृद्ध लुम्बिनी प्रदेशका आधार भएको बताए । यस्ता मौलिक सम्पदाको जगेर्ना गर्नुपर्नेमा पनि उनले जोड दिए ।

पर्व मनाउने क्रममा कुनै पनि विकृति र विसंगति प्रवेश गर्न नदिन आग्रह गर्दै मुख्यमन्त्रीले सभ्य, मर्यादित, र सौहार्दपूर्ण रूपमा होली मनाउन अपील गरेका छन् । यस पर्वले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् भन्ने कामना गर्दै उनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने पर्वका रूपमा होली मनाउन अनुरोध गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार