मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

ऐनमा छुटेका बिषयलाई नियमावलीले सम्वोधन गर्छौंः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 12455+ समाचार ( )
१९ माघ २०८१, शनिबार

प्यूठान । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय सेवा ऐनमा छुटेका बिषयहरुलाई नियमावलीमा समेटेर सम्वोधन गर्ने बताउनु भएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति प्यूठानको १२ औं जिल्ला अधिवेसनको बन्द सत्रको समापन कार्यक्रमलाई शनिबार प्यूठानमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले स्थानीय सेवा ऐनमा सम्वोधन हुन नसकेका तर, महत्वपूर्ण बिषयलाई निमावली मार्फत सम्वोधन गर्ने बताउनु भएको हो ।

‘धेरै सम्वोधन गर्दा गर्दै पनि केही कर्मचारी साथिहरुका गुनासाहरु रहेका छन् । ति रहेका गुनासाहरुलाई पनि सरकारको तर्फबाट मैले भनिरहेको छु, सकेसम्म छुटेका बिषयलाई नियमावलीले संवोधन गर्छौं । नियमावलीले पनि सम्वोधन गर्न सकिएन भने ति नमिलेका बिषयबस्तुलाई ऐन संशोधन गरेर भएपनि मिलाएर अघि बढ्न सकिन्छ’उहाँले भन्नुभयो,‘अव स्थानीय तहमा कार्यरत कर्मचारीहरुको सरुवा, बढुवाको काम पनि अघि बढ्नेछन ।’

यस्तै मुख्यमन्त्री आचार्यले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको समेत बताउनु भएको छ । प्रदेश सरकारले कानून निर्माणलाई प्राथमिकतामा राखेर सरकार अघि बढेको, प्रदेश निजामती ऐन र स्थानीय सेवा ऐन निर्माण गरेर कार्यान्वयन तहमा लगिएको समेत स्पष्ट पार्नु भयो ।‘अवको एक महिना भित्र नियमावली बनाएर स्थानीय सेवा ऐनलाई कार्यान्वयन गर्छौं’उहाँले भन्नु भयो,‘प्रदेशमा समायोजन भएका दरबन्दी एकिन गर्ने काम समेत गरेका छौं । संघीय सरकारबाट प्रदेशमा समायोजन भएर आएको कर्मचारीको दरबन्दी संख्या चार हजार ७८ रहेको संक्षिप्त ओएनएम सर्भेबाट पत्ता लाग्यो ।’

प्रदेश सरकारमा करिब एक हजार ९ सय कर्मचारीको दरबन्दी अभाव छ । यो संख्यालाई आधार मानेर लोकसेवा आयोगले विज्ञान गरेर कर्मचारी भर्नाको कामलाई अघि बढाएको समेत बताउनु भयो । अव प्रदेश र स्थानीय तहले जनशक्तिको अभाव भोग्नु नपर्नेगरी सरकारले काम अघि बढाएको उल्लेख गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार