मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

तामाकोसी कटानले देवीटार बजार जोखिममा

Ujyalosandeshonline 12461+ समाचार ( )
१९ वैशाख २०८२, शुक्रबार

रामेछाप । तामाकोसी नदीको लगातार कटानको कारण देवीटार बजार क्षेत्र जोखिममा परेको छ । तामाकोसी नदीले रामेछाप र दोलखाको सिमानामा पर्ने मिल्ती खोलादेखि देवीटार बजार क्षेत्रसम्मका भागमा नियमित कटान गर्दै आएको छ । नदीले देवीटार फाँटको धेरै खेत कटान गरिसकेको छ । 

नदी कटानको कारण धेरैको खेत बगर बनाइसकेको स्थानीय शुक्र मगरले बताए । ‘कतिपयको खेतको चपरी पनि बाँकी छैन, उनीहरूको खेतमा झर्ने बाटो नै बन्द भइसक्यो’, उनले भने । २०४५ सालदेखि कटान गर्न लागेको तामाकोसी नदीले यस वर्ष निक्कै कटान गरेको स्थानीय बाबुराम पुलामी बताउँछन् । मिल्तीदेखि देवीटारसम्मको क्षेत्रमा नदीले ठुलो क्षति पु¥याएको छ । नदीले २ सय रोपनीभन्दा बढी जग्गा कटान गरिसकेको उनले जानकारी दिए । 

नदी कटानको कारण नेपाल विद्युत् प्राधिकरणको देवीटार स्वस्टेसनका विद्युत् पोलहरू जोखिममा परेका छन् । सवस्टेसन आसपासका बस्ती समेत जोखिममा पर्दै गएका छन् । ‘यो वर्ष जस्तै नदीले कटान गर्ने हो भने बस्ती पनि खसाल्छ, यस्तो हुँदै जाने हो भने सवस्टेसनको क्षेत्र समेत जोखिममा पर्न सक्छ’, मगरले भने । नदी कटानको कारण देवीटार बजार उच्च जोखिममा परेको छ । बजारको तल्लो क्षेत्रका घरहरू कटानको कारण जोखिममा परेका छन् । ‘यस वर्ष पुलको छेउको एउटा घर त अलिकति खसाल्यो नै, हाम्रा घरहरू पनि उच्च जोखिममा छन्, सिङ्गो बजार नै जोखिममा परेको छ’, स्थानीय महेन्द्र पुरीले भने । 

नदी कटान नियन्त्रणको लागि ठाउँ ठाउँमा पर्खाल लगाउने काम सुरु भएको छ । विगतमा पनि देवीटार फाँटको मुनी कटान गरेको ठाउँमा यस्ता पर्खालहरू लगाउने गरिएको थियो । तर नदीले त्यस्ता पर्खालहरू भत्काउँदै खेत कटान गर्दै गएको बाबुराम पुलामी बताउँछन् । नदी कटान नियन्त्रणको लागि तलदेखि माथिसम्म बलियो तटबन्धन गर्नुपर्ने उनको सुझाव छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार