मुख्य समाचार
भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ |

विद्यार्थीलाई उद्यमशील बनाउन कुखुराका चल्ला

Ujyalosandeshonline 12082+ समाचार ( )
२४ फाल्गुन २०८०, बिहीबार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले मोरङको धनपालथान गाउँपालिका– ३ स्थित धामो आधारभूत विद्यालयका २० जना विद्यार्थीलाई बीउ पूँजी स्वरुप खुकुराको चल्ला प्रदान गरेको छ । 

बालबालिकालाई उद्यमशीलता सिकाउने उद्देश्यसहित ‘इन्क्युबेसन सेन्टर’ कार्यक्रम अन्तरगत प्रतिविद्यार्थी १० वटाको दरले चल्ला प्रदान गरिएको संस्थाले जनाएको छ ।

सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई व्यावहारिक रुपमा उद्यमशीलताको अवधारण विकास गराउन इन्क्युबेसन सेन्टर स्थापना गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले बताए ।  

‘चल्ला पाएका बालबालिकाले संरक्षण गरेर बढाउँदै लैजानेछन्, यसले बालबालिकालाई सानैदेखि उद्यमशील बन्न सिकाउँछ,’  उनले भने, ‘बालबालिकाले कुखुराको रेखदेख गरे गरेनन् भनेर स्कुलका शिक्षक र लघुवित्तका कर्मचारीले  अनुगमन गर्छन् ।’

विद्यालय उमेरमनै स्वरोजगार बालबालिकाले अध्ययनपछि अरुलाई पनि उद्यमशीलता सिकाउने उनको भनाई छ । ‘यो बालबालिकाले पेवाको रुपमा पालेको जस्तै हो, अहिले नै आम्दानी गर्न सिके भने पछि सहज रुपमा उद्यमशील बन्छन्,’ उनले भने,‘ यो कार्यक्रमलाई विस्तार गरिररहेका छौं ।’  

पढ्दै कमाउन सिकाउने योजनासहित अभियान सञ्चालन गरिरहेको लघुवित्तको तालिम विभाग प्रमुख रन्जना निरौलाले बताइन् । बालबालिकाले हुर्काएको कुखुराबाट भएको आम्दानीले कुखुरा थपेर पाल्नु पर्ने उनले बताइन् ।

जीवन विकास लघुवित्तको उद्यमशीलता विकास प्रमुख मनोजकुमार शर्माले लघुवित्तले धनपालथान गाउँपालिकामा सुरु गरेको वातावरणमैत्री गाउँ निर्माण अभियान अन्तरगत बालबालिकालाई उद्यमशील बनाउन चल्ला उपलब्ध गराइएको बताए ।

लघुवित्तका कर्सिया शाखा प्रमुख गायत्री पोखरेलले ‘थ्री जिरो क्लब’ मा आवद्ध विपन्न समुदायका बालबालिकालाई दिएका खुकुरा संरक्षणका लागि परिवारका सदस्यलाई जिम्मेवार बनाइएको बताए । 

विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मण्डलले बालबालिकालाई उद्यमशील बनाउने अभियानलाई स्कुलले पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।

जीवन विकास लघुवित्तले धनपालथान गाउँपालिकामा रहेको जीवन विकास पब्लिक स्कुल, ग्रामथान गाउँपालिकामा रहेको सरस्वती स्कुल र देवानगञ्ज गाउँपालिकामा रहेको अमरसिंह माध्यमिक विद्यालयका विद्यार्थीका लागि इन्कुबेसन सेन्टर अभियान अन्तरगत सहयोग गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार