मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा, ढुक्क भएर मतदान गर्न आग्रह

Ujyalosandeshonline 12455+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीमा आसन्न निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको निर्वाचन विशेष साक्षात्कार कार्यक्रममा दिइएको जानकारी अनुसार जिल्लाका सबै मतदान केन्द्रमा मतपेटिका लगायतका सामग्री र कर्मचारी पुगिसकेका छन्। मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार निर्वाचन सम्पन्न गर्न १ हजार २ सय ६२ कर्मचारी खटाइएको छ भने अपाङ्गता भएका, ज्येष्ठ नागरिक र अशक्त मतदातालाई सहज मतदानको विशेष व्यवस्था मिलाइएको छ। साथै, मौन अवधिमा आचारसंहिता उल्लङ्घन हुन नदिन सूक्ष्म अनुगमन समेत भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाका कुल २ सय ११ मतदान केन्द्रमा सामग्री पुगिसकेको जानकारी दिनुभयो। जसमध्ये १ सय ९ स्थायी र समानुपातिक मतदानका लागि २ अस्थायी केन्द्र रहेका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ६२ मतदाता रहेका छन्। शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन प्रशासनले सबै मतदातालाई आग्रह गरेको छ। सञ्चारकर्मी तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको उक्त कार्यक्रमको अध्यक्षता रामकुमार क्षेत्रीले गर्नुभएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार