नवरात्रिमा पहिलो दिन देवी शैलपुत्री स्वरुपको पुजा गरिन्छ । पर्वराज हिमालय की सुपुत्री हुनाले इनलाइ शैलपुत्री भनिन्छ । पौराणिक मन्यता अनुसार पुर्वजन्ममा शैलपुत्रीको नाम सती थियो र इनी भगवान शिवकि पत्नी थिइन । सतीका बुवा दक्ष प्रजापतिले भगवान शिवको अपमान गरेका थिए र त्यसपछि सतिले आफुलाई आगोमा जलाएकी थिइन् । अर्को जन्ममा यहि सति शैलपुत्रीको रुपमा जन्म लिएर पुन: शिवसंग बिहे गरेकी थिइन् ।
माता शैलपुत्रीको स्वरुप
माता आदिशक्ती शैलपुत्री नन्दीको नामको गोरुमा सवारी गर्दछिन । दाहिने हातमा
त्रिशुल र बाँया हाथमा कमलको फुल हुन्छ। माता शैलपुत्रीको पुजा गर्नाले जीवनमा
स्थिरता र जीवन प्रति लगनशिलता बढदछ ।
यो विधिले गरौं माता शैलपुत्रीको पुजा
माता शैलपुत्रीको मुर्ति या चित्रको लागि काठको पटरामा रातो कपडा राखेर
स्थापित गर्नु पर्दछ । माता शैलपुत्रीलाइ सेतो बस्तु अति मन पर्छ । त्यसैले माता शैलपपुत्रीलाइ
सेतो कपडा या फुल चढाउनु गर्नुपर्दछ र सेतो बर्फीको प्रसाद चढाउनु पर्दछ । एउटा
पानको सफा पातमा 27 वटा राम्रो ल्वांग राख्ने र माता शैलपुत्रीको अगाडी घ्यूको दियो बाल्ने । ति
सबै बिधि पुरा गरिसकेपछि सेतो रंग भएको कपड वा त्यस्तो बस्तु राखी उत्तर दिसामा
फर्केर बस्ने ।
ॐ शैलपुत्रये नमः
यो मन्त्रलाइ १०८ पटक जाप गर्ने
त्यसपछि सबै ल्वांगलाइ धागोमा बेरेर माला आकारमा
बनाउने । माला बनाइसकेपछि आफ्नो मनोकामना राख्दै माता शैलपुत्रीको दुबै हाथमा
चढाउने । यस्तो गर्नाले तपाइलाइ हरेक कायर्मा सफलता मिल्नेछ । पारिवारिक अल्झन वा
समस्या सधैकोलागि समाप्त हुनेछ ।
माता शैलपुत्रीको पूजनको महत्व
जीवनको हरेक कष्ट, तनाव तथा नकरात्मक शक्तिलाइ नास गर्नको
लागि एउटा सफा पानको पत्तामा ल्वाङ सुपारी र मिश्री राखेर माता शैलपुत्रीलाइ
चढाउने । माता शैलपुत्रीको पुजा अाराधनाले मनोकामना पुर्ण हुन्छ र साधकलाइ राम्रे जीवनसाथी समेत मिल्दछ ।
रामनवमीको पहिलो दिनको व्रतमा आफ्नो मल मुलधार चक्रमा राख्दछन् । माता शैलपुत्रीको
पुजा गरेपछि मूलधार चक्र जागृत हुन्छ र धेरै उपलब्धीहरु हुन्छ । माता शैलपुत्रीको
पुजा गर्नाले आरोग्य प्राप्त हुन्छ जसले विभिन्न रोगबाट मुक्ती मिल्दछ।
माता शैलपुत्रीको भोग
माता शैलपुत्रीलाइ गौरित चढाउँदा रोग मुक्त र लामो आयुको फल प्राप्त हुन्छ र पुजा
गर्नेको मन र शरीर दुबै निरोगी हुन्छ । यस संगै गौघृतको आखण्ड र दीप प्रज्वलन
गरीन्छ ।
माता शैलपुत्रीको अशिर्वाद
माता शैलपुत्रीको अशिर्वादले विचार गम्भीर हुन्छ । हरेक किसिमको रोग नास हुन्छ
। लामो जीवनको अशिर्वाद मिल्दछ । पुजा गर्नेको आत्मविश्वास पनि बढछ । माता दुर्गा
सप्तशती ग्रन्थमा देवी कवच स्तोत्रमा निम्नांकित श्लोकमा नवदुर्गा भगवतीको नाम
क्रमशः रूप दिइएको छ ।
वन्दे वांछितलाभाय, चंद्रार्धकृतशेखराम्।
वृषारूढां शूलधरां शैलपुत्रीं यशस्विनीम् ॥
मंत्र - या देवी सर्वभूतेषु मां शैलपुत्री रूपेण संस्थिता । नमस्तस्यै
नमस्तस्यै नमस्तस्यै नमो नमः
मंत्र - ॐ ह्रीं श्रीं चामुण्डा सिंहवाहिनी बीसहस्ती भगवती रत्नमण्डित सोनन की
माल | उत्तरपथ में आप बठी, हाथ सिद्ध वाचा ऋद्धि-सिद्धि ।
धनधान्य देहि देहि कुरु कुरु स्वाहा ।
माता शैलपुत्री देवी कवच
ओमकार : में शिरः पातुमूलाधार निवासिनी ।
हींकार, पातुललाटेबीजरूपामहेश्वरी ॥
श्रीकारः
पातुवदनेलज्जारूपामहेश्वरी ।
हुंकार:पातुहृदयेतारिणी
शक्ति स्वघृत ॥
फट्कार:पातुसर्वागेसर्व
सिद्धि फलप्रदा ।
शैलपुत्री देवी स्तोत्र पाठ
प्रथम दुर्गा त्वंहि भवसागरः तारणीम् ।
धन ऐश्वर्य दायिनी
शैलपुत्री प्रणमाभ्यम् ॥
त्रिलोजननी त्वंहि
परमानंद प्रदीयमान् ।
सौभाग्यरोग्य दायनी
शैलपुत्री प्रणमाभ्यहम्॥
चराचरेश्वरी त्वंहि
महामोह: विनाशिना मुक्ति भुक्ति दायनीं शैलपुत्री प्रणमाम्यहम् ॥
माता शैलपुत्री माताको पावन कथा
नवरात्रीमा माता दुर्गा पुजाको अवसरमा दुर्गाको नौ रुपमा धेरै विधिविधानले
पुजा तथा व्रत गरिन्छ । यी रूपको पछाडी तात्विक अव- धारणाको धार्मिक, सांस्कृतिक र सामाजिक विकासका लागि ज्ञान आवश्यक छ।
माता शैलपुत्रीको बारेमा जानौं यो कुरा:
माता दुर्गालाई
सर्बप्रथम शैलपुत्रीको रुपमा पुजा गरिन्छ । हिमालमामा छोरीको रुपमा जन्म लिनुको
करणले नै उहाँको नाम शैलपुत्री परेको हो । इनको सवारी वृषभ हो । त्यसैले यो देवीलाइ वृषारूढाको
नामले पनि चिनिन्छ । यस देवीको दाहिने हातमा त्रिशूल र देब्रे हातमा कमलले सजिएको
छ । यी देवी पहिलो दुर्गा हुन् । उनलाई सती भनेर पनि चिनिन्छ
। उनको मन छुने कथा छ । एक पटक प्रजापतिले यज्ञ गर्दा सबै देवताहरुलाई निम्तो दिए
तर भगवान शंकरलाई दिएनन । सती यज्ञमा जान उत्सुक भइन् । शंकरजीले भने कि सबै
देवताहरुलाई निम्तो दिइएको छ तर मलाइ होइन । यस्तोमा त्यहँ जानु उचित हुदैन । माता सतीको धेरै अनुरोध पछि भगावन शंकरजीले उनलाई यज्ञमा जान अनुमति दिए ।
माता सती जब त्यहाँ पुगिन तब त्यहा आमाले मात्र रहने स्थान दिनुभयो । बहिनीहरूको बोलीमा कटाक्ष तथा ब्यंगजस्ता शब्दहरु आइरहेको
थियो । भगवान शंकरप्रति पनि घृणाको भावना देखियो ।
दक्ष पनि उनको प्रति अपमानजनक कुरा राखे । यसले सतीलाई चोट पुग्यो । उनी अफ्नो
श्रीमानको अपमान सहन सकिनन र योगको आगोमा आफुलाइ जलाएर खरानी बनाइन । त्यस्तो दुखद घटनाबाट दुःखी र व्याकुल भएर भगवान
शंकरले त्यो यज्ञलाई नष्ट गरिदिए । सती माता अर्को जन्ममा शैलराज हिमालयकी छोरीका
रूपमा जन्मिन र शैलपुत्री नाम पाइन ।
पार्वती र हेमवती पनि यस देवीका अन्य नाम हुन् । माता शैलपुत्रीको विवाह पनि
भगवान शिवशंकर संग भयो । शैलपुत्री भगवान शिवकी पत्नी भइन् । इनको महत्त्व र शक्ति
असीम छ ।