मुख्य समाचार
७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन |

भैरहवाबाट नक्कली भारतीय नोटसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12443+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ स्थित खड्का खाजाघरबाट नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त खाजाघरमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट रु ५०० दरका १४० थान गरी जम्मा ७० हजार नक्कली भारतीय रुपैयाँ बरामद गरिएको छ।

यसैगरी प्रहरीले उनीहरूको साथबाट सक्कली भारतीय मुद्रा दुई हजार सात सय ५८, नेपाली रुपैयाँ दुई हजार एक सय ८० र दुई थान मोबाइल फोनसमेत बरामद गरेको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णकुमार चन्दले जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार