मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |
मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |


रुपन्देहीमा राप्रपाको साख जोगाउने ताहिर अली समानुपातिक सांसदको बलियो दाबेदार

विवेक विश्वकर्मा 26+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

भैरहवा । रुपन्देहीको रोहिणी र आसपासका क्षेत्रमा ‘मानवताको राजनीति’ गर्ने नेताका रूपमा परिचित ताहिर अली यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिक सांसदको बलियो दाबेदार बनेका छन्। भर्खरै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ रुपन्देही जिल्लामा राप्रपाले प्राप्त गरेको मत र संगठन निर्माणमा उनको निरन्तरको योगदानलाई आधार मान्दै उनलाई संसद्मा पठाउनुपर्ने आवाज स्थानीय स्तरमा जोडदार रूपमा उठेको छ ।

समानुपातिकतर्फ रुपन्देही जिल्लामा राप्रपाले कुल २८,३१२ मत प्राप्त गरेको छ। यसमध्ये अलीको प्रभाव क्षेत्र रहेको क्षेत्र नम्बर १ ले मात्रै १०,४७५ मत योगदान गर्दै त्यस क्षेत्रमा पार्टीलाई दोस्रो स्थानमा उभ्याएको छ। जिल्लाका अन्य क्षेत्रहरू क्रमशः क्षेत्र नं. २ मा २,५४७, क्षेत्र नं. ३ मा ८,११८, क्षेत्र नं. ४ मा ३,०५१ र क्षेत्र नं. ५ मा ४,१२१ मत प्राप्त भएको छ। जिल्लामै सबैभन्दा बढी मत ल्याएर संगठनको साख जोगाउन सफल क्षेत्र नम्बर १ का लोकप्रिय नेता अली राप्रपाको मुस्लिम समानुपातिक सूचीको कोठा नम्बर १ मा रहेकाले पनि यसपटक उनले न्याय पाउनेमा मतदाता विश्वस्त छन्।

वि.सं. २०३८ सालको पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय अलीले जनताको सेवाका लागि नेपाल वायुसेवा निगमको सुरक्षित जागिरसमेत त्यागेर अनिश्चित राजनीतिको बाटो रोजेका थिए। जागिरले परिवार मात्र पालिने तर समाजका लागि केही गर्न नसकिने हुटहुटीले उनलाई पूर्णकालीन राजनीति र समाजसेवामा डोहोर्‍यायो। जात, धर्म र सम्प्रदायभन्दा माथि उठेर निस्वार्थ भावले काम गर्ने उनी पदलाई साध्य होइन, सेवा गर्ने साधन मात्र मान्छन्।

स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा बारम्बार झिनो मतान्तरले ‘दोस्रो’ भए पनि जनमनमा उनी सधैं ‘पहिलो’ छन्। पछिल्लो रोहिणी गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्दा गाई र गोरु चुनाव चिह्नको झुक्यानमा परी मात्र २१८ मतले पराजित भएका अलीले आफू प्राविधिक रूपमा हारे पनि पार्टीको संगठनलाई भने शानदार रूपमा जिताए। विपक्षीको चरम घेराबन्दीका बाबजुद उनको नेतृत्वमा रोहिणीका ७ मध्ये ५ वटा वडा पूरै सेटसहित र पालिका उपाध्यक्षसमेत राप्रपाले जित्यो। यो नतिजा देशभरकै राप्रपा संगठनका लागि एउटा उत्कृष्ट उदाहरण बनेको छ। अली यसलाई आफ्नो हार मान्दैनन्, बरु जनताले दिएको विश्वास र साथीहरूलाई जिताउन सक्नुलाई नै आफ्नो असली जित मान्छन्।

राजनीतिसँगै सामाजिक उत्तरदायित्वमा पनि अलीको लामो अनुभव छ। श्री राम नरेश यादव आदर्श नमुना मा.वि.को व्यवस्थापन समितिमा दुई कार्यकाल अध्यक्ष रहेर शैक्षिक सुधारमा योगदान दिएका उनले धकधई खानेपानीको अध्यक्ष हुँदा जनताको घरघरमा शुद्ध पिउने पानी पुर्‍याए। यसका अतिरिक्त पूर्वमन्त्री स्व. दिपक बोहोराको स्वकीय सचिव र मुस्लिम आयोगमा रहेर उनले नीतिगत तहमा समेत काम गरिसकेका छन्।

हाल कुनै पनि निर्वाचित पदमा नभए पनि जनताको सुखदुःखमा अहोरात्र खटिने अली पदको लोभभन्दा पनि कर्ममा विश्वास राख्छन्। एउटा प्रजातान्त्रिक पार्टीले चुनावमा प्राप्त भोट र संगठन निर्माणमा रगतपसिना बगाउने नेताको मेहनतको उचित कदर गर्नुपर्ने स्थानीयको माग छ। पार्टीमा इमानदार र खट्ने नेताले अवसर पाउने वातावरण सिर्जना भएमा मात्र संगठन निर्माणमा सबैलाई बाध्य बनाउने उनीहरूको तर्क छ। सर्वाधिक मत ल्याउने क्षेत्र र जनताको सेवकका रूपमा स्थापित ताहिर अलीको योगदानको उचित मूल्यांकन गर्दै पार्टीले यसपटक उनलाई समानुपातिक सांसद बनाउनेमा रोहिणीबासी र रूपन्देही-१ का मतदाता पूर्ण रूपमा आशावादी देखिएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार