मुख्य समाचार
समाजवाद निर्माणको मुख्य आधार कृषिः प्रचण्ड | कोटहीमाई–४ मा राप्रपाको वडा कार्यसमिति गठन, अध्यक्षमा मनोहर पासी | नीतिगत र कानुन सुधार मन्त्रालयको प्राथमिकतामा छ : गृहमन्त्री | पांच करोड पर्ने ढुंगा दिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ | राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी | आफ्नो कुकर्म ढाकछोप गर्न दुई ठुला दल मिलेका छन् : राजेन्द्र महतो | आउने फागुन ३ गते ‘पोखरा भ्रमण वर्ष २०२५’ घोषणा गर्ने तयारी | भाषणले मात्रै देश बन्दैन : सांसद भण्डारी | नेपाली समाजले आवश्यकता अनुसार प्रगति गर्न सकेन् : श्रेष्ठ | डेढ करोडको लागतमा जनकपुरधामको ऐतिहासिक राममन्दिरको सौन्दरीकरण हुने |

तराईमा बाढी र पहाडमा पहिरोको कहर : २४ घण्टामा नौ जनाको मृत्यु्

Ujyalosandeshonline 5842+ समाचार ( )
१५ आषाढ २०८१, शनिबार

काठमाडौं । अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ । बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु् भएको छ । 

अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । 

पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको हो । 

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

स्याङजा, अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो । 

बागलुङ, अविरल वर्षाको कारण गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ । 

पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो । पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार