मुख्य समाचार
इलाम–२ मा घण्टीका मिलन लिम्बुसहित १६ उम्मेदवारको जमानत जफत | इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी | गल्ती गरेको ठाउँमा खबरदारी गर्नुहोला : उप मेयर अधिकारी | आगलागी एवं डढेलो नियन्त्रणमा राज्यका सबैतह जिम्मेवार बन्नुपर्छ : प्रवक्ता सापकोटा | एमालेसँग मिलेर अघि बढ्न माधव नेपाल तयार ! | बझाङमा एमालेका दमन भण्डारी निर्वाचित | डढेलोबाट २४ घण्टामा २२ जिल्लाका ६७ स्थानमा क्षति | लगानी सम्मेलनको दोस्रो दिन दुई संस्थाबीच समझदारी | साइबर अपराधको उकालो ग्राफ : नौ महिनामा १५ हजार उजुरी, ७३ जना पक्राउ | कोटहीमाई गाउँपालिकाले ट्याक्टर दुर्घटनामा परी घाइतेको उपचारमा दियो ८ लाख |

आज राम नवमी पर्व मनाइँदै, २७ दिन पर्व बिदा

Ujyalosandeshonline 2395+ समाचार ( )
५ वैशाख २०८१, बुधवार

काठमाडौं । चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरी श्रद्धा,  भक्ति र उल्लासपूर्ण रुपमा मनाइँदैछ। 

आज भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ। विशेषगरी मधेश प्रदेशको जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनहरुको घुइँचो लागेको छ। 

यस्तै,बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका  आरुबारीमा रहेको राम मन्दिरलगायतका मन्दिरमा पनि आज विशेष पूजा गरिन्छ । 

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ। अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौं अवतारका रूपमा जन्म लिएको धार्मिम ग्रन्थहरुमा उल्लेख छ । श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ।

आजको दिन व्रत बस्ने, रामगीता पाठ, अध्यात्म एवं भानुभक्तीय रामायण वाचन गर्नुका साथै भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ। यसो गर्नाले चिताएको कार्य पूरा हुने जनविस्वास छ । 

यो वर्ष दुईवटा रामनवमी परेको छ । पहिलो वैशाख ५ गते बुधबार (आज) र दोस्रो चैत २४ गते आइतबार परेको छ । अधिकमासका कारण २०८० सालको चैतेदशैँ र रामनवमी पर्व ०८१ सालमा परेको थियो । तिथि पर सर्दै आएको कारण ०८१ मा दुईवटा रामनवनी पर्व पर्न गएको हो । 

नेपाल सरकारले आज पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर, यसै वर्षको आउँदो चैत २४ गते पर्ने रामनवमीको लागि भने गृह मन्त्रालयद्वारा माघ २८ गते प्रकाशित राजपत्रमा बिदा स्वीकृत छैन् । राजपत्रमा प्रकाशित सूचीअनुसार यो वर्ष झन्डै एक महिना अर्थात् २७ दिन पर्व बिदा दिइएको छ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार