मुख्य समाचार
दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल |

भैरहवाको सातौं लुम्बिनी महोत्सवमा आजदेखि कुस्ती प्रतियोगिता सुरु

Ujyalosandeshonline 12462+ समाचार ( )
१४ मंगशिर २०८२, आइतबार

भैरहवा । रुपन्देहीको भैरहवा (अञ्चलपुर) मा जारी सातौं लुम्बिनी महोत्सव–२०८२ अन्तर्गत आजदेखि तीन दिने कुस्ती प्रतियोगिता सुरु भएको छ । चेम्बर अफ कमर्श, रुपन्देहीद्वारा आयोजित महोत्सवमा यस क्षेत्रको रैथाने खेलको संरक्षण तथा प्रवर्धनका लागि मंसिर १४ देखि १६ गतेसम्म कुस्ती प्रतियोगिता सञ्चालन गरिने वरिष्ठ उपाध्यक्ष राम मिलन यादवले जानकारी दिनुभयो ।

मंसिर ३ गतेदेखि सुरु भई २१ गतेसम्म चल्ने यस महोत्सवमा ३ सय वटा स्टलहरू रहेका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काका अनुसार, ‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं’ भन्ने मूल नाराका साथ आयोजित मेलाले उद्योगी र उपभोक्ताबीच पुलको काम गर्नेछ ।

यसपटकको महोत्सवको मुख्य आकर्षणको रूपमा नेपालमै पहिलोपटक भियतनामबाट ल्याइएको ‘जलपरी’ र फिसटनेल (Fish Tunnel) रहेको छ । करिब १ करोड खर्च हुने अनुमान गरिएको यस महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार