मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

प्रदेश स्थापना दिवसको अवसरमा सभामुखद्वारा शुभकामना व्यक्त

Ujyalosandeshonline 10783+ समाचार ( )
२१ माघ २०८०, आइतबार

दाङ । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नु भएको छ ।  लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ लाई  प्रदेश स्थापना दिवस मनाउने निर्णय अनुसार यो दिवस मनाइएको छ । 

आज बिहान शुभकामना सन्देश जारी गर्नु हुँदै सभामुख घर्ती मगरले संघीयताको खास मर्म, भावना र उदेश्यलाई परिपुर्ति गर्न दिवसले प्रेरणा प्रदान गर्ने  बिश्वास व्यक्त गर्नु भयो ।  प्रदेशप्रति जनताको आशा र भरोसा बचाउन  संघीयताको मुल मर्म बुझ्नु पर्ने उहाँले सन्देशमा उल्लेख गर्नु भएको छ ।  अझै जनमुखी, जनउत्तरदायी भई काम गर्नु पर्ने आवस्यकता औल्याउँदै उहाँले  शुन्य संरचनाबाट शुरु भएको लुम्विनी प्रदेश सभा र सरकारले तिव्र गतिका साथ काम थालेको जनाउनु भएको छ । 

शुभकामना सन्देशमा उल्लेख छ -"प्रदेशको लागी आवश्यक कानुन निर्माण भईसकेका छन, जनताले प्रदेशलाई नजिकबाट वुझ्ने देख्ने र अनुभूति गर्ने गरी नीति कार्यक्रम तय गरी कार्यान्वयन भएका छन् । प्रदेश सभाले प्रदेश संचालनको लागी अत्यावश्यक कानुन निर्माण गरी कार्यान्वयन प्रक्रियामा छन् ।  प्रदेश सभा र सरकारलाई जनमुखी, जिम्मेवार, प्रभावशाली र मर्यादित बनाई वास्तवमै संघीयताको अनुभूति हुने गरि काम गर्ने हामी प्रयत्नशील छौं । "  एक्लो प्रयासले सबै कुरा सम्भव हुन नसक्ने  उल्लेख गर्नु हुँदै सभामुख घर्ती मगरले संघीयता कार्यान्वयको सन्दर्भमा संघ, प्रदेश र स्थानीय तह बीच एक आपसमा समझदारी र सहकार्य जरुरी रहेको जनाउनु भएको छ ।  साझा अधिकारको सम्वन्धमा अझै स्पष्टता र कानुन निर्माणको सन्दर्भमा संघीय सरकारले सहजीकरण आवश्यक रहेको उहाँले उल्लेख गर्नु भयो ।  

भौतिक संरचनाका अभावका वीच सभा र सरकारले सेवा स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) प्रारम्भ गर्नु पनि उपलब्धीको विषय भएको र यसमा प्रदेशवासी सबैको भूमिका रहेको सन्देशमा उल्लेख गर्नुहुँदै सभामुख घर्ती मगरले प्रदेश  स्थापना दिवसको अवसरमा सबैमा विशेष धन्यवाद सहित आभार व्यक्त गर्नु भयो । 

"प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशबासी सम्पुर्ण आमा बुवा, दाजु बहिनी, दाजु भाइ ,  सम्पुर्ण माननीय सदस्य ज्यूहरु, संस्थापक प्रदेश सभा सदस्य ज्यूहरु, सम्पुर्ण जनसमुदाय, राष्ट्रसेवक कर्मचारी, विभिन्न संघ–संस्थाका अगुवाहरु, नागरिक समाज सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । " सभामुख घर्ती मगरले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार