मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

रास्वपा अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालद्वारा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी घोषणा

अनिल नेपाली 141+ समाचार ( )
१६ पौष २०८२, बुधवार

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीका सभापति हरिप्रसाद भुसालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। सन्धिखर्कस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै भुसालले औपचारिक रूपमा उम्मेदवारी सार्वजनिक गरेका हुन्।

रास्वपाको जिल्ला संगठन स्थापनामा मुख्य भूमिका खेलेका संस्थापक सभापति भुसालले यसअघि पनि अर्घाखाँचीबाट प्रतिनिधि सभामा प्रतिस्पर्धा गरिसकेका छन्। भुमिकास्थान नगरपालिका–३ मा जन्मिएर सन्धिखर्कमा लामो समयदेखि व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय भुसालले जिल्लामा भ्रष्टाचार न्यूनीकरण र सुशासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएका छन्।

उम्मेदवारी घोषणा गर्नुअघि जिल्लाका २२ वटा वडामा ‘संवाद यात्रा’ सम्पन्न गरिसकेका भुसालले बाँकी वडाहरूमा पनि यो अभियान लिएर जाने बताए। उनले जिल्लामा अलपत्र परेका विकास आयोजनाहरू सम्पन्न गर्ने, निर्माणाधीन विमानस्थलको काम पूरा गर्ने, प्रत्येक पालिका पुग्ने सडक, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने तथा बढ्दो बसाइँसराइ रोक्ने आफ्ना प्रमुख एजेन्डा रहेको उल्लेख गरे।

कार्यक्रममा बोल्दै भुसालले जिल्लाका जनता ‘घण्टी’ चिन्हमा मतदान गर्न तत्पर रहेको दाबी गरे। पार्टीका उपसभापति कमल मरासिनीको अध्यक्षता र सचिव बाबुराम घिमिरेको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा रास्वपाका लुम्बिनी प्रदेश सदस्य दिनेश सुनार ‘विकल्प’ लगायत जिल्लास्तरीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहसचिव चिरञ्जीवी पन्थीले स्वागत मन्तव्य राखेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार