धकधइ । छिमेकि मुलुक भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा रुपन्देहीको धकधइमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल भारत मैत्री संघ जिल्ला शाखा रुपन्देही र उपशाखा धकधइको संयुक्त आयोजनमा आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले भारतको ७६ औ गणतन्त्र दिवसको अवसरमा नेपाल र भारतको सीमामा वस्ने नागरिकहरु विच अझै भातृत्वको विकास भएको बताए । दुईवटा अलग देश भए पनि नेपाल र भारत विच सांस्कृतिक, पराम्परागत सम्वन्धले यी दुई देशको विशिष्टता बढाएको वक्ताहरुको जिकिर थियो ।
कार्यक्रममा बोल्दै संघका सल्लाहकार तारानाथ त्रीपाठीले नेपालले भारतबाट धेरै फाइदा लिन सक्ने सम्भावना रहेको बताए । उनले भारतमा अहिले कुम्भ मेला सन्चालन आइ रहेको अवस्थामा त्यसमा सहभागी श्रद्धालुहरुलाइ नेपालको धार्मिक पर्यटकिय स्थलहरुको भ्रमण गराउन सके नेपालको पर्यटन उधोगलाइ फाइदा पुग्ने उनले बताए ।
नेकपा एमालेको रोहिणी गाउपालिका इन्चार्ज सन्जय कुमार गुप्ताले दुबै देश विचको विशिष्ट सम्वन्ध रहेको बताउदै भारतिय गणतन्त्र दिवसको अवसरमा शुभकामना दिए ।
यसै गरि चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले दुबै देश विच खुल्ला सीमाको कारण नेपाली बजार पलायन हुन सक्ने भएकोले यस तर्फ पनि सकारात्मक पहल गरिदिन नेपाल भारत मैत्री संघलाइ आग्रह गरे । उनले भारतीय अर्थतन्त्र धेरै ठूलो रहेको हुदा नेपालले यसबाट केही सिक्न सक्ने बताए ।
कार्यक्रममा बोल्दै नेपाल भारत मैत्री संघका केन्द्रीय उपाध्यक्ष वासुदेव रिमालले नेपाल भारत मैत्री संघ राजनैतिक नभइ सेवा मुलक संस्था रहेको बताए । उनले परापुर्व काल देखि नेपाल र भारत विच रहेको सम्बन्धलाइ अझ प्रगाढ बनाउने उद्देश्य सहित संस्थाको स्थापना गरिएको बताए । उनले रोटीबेटी मात्र नभइ रोजीरोटीमा पनि दुवै देशविच सहकार्य रहेको बताए । नेपालमा विभिन्न भारतिय नगरिकको लगानी रहेको र यसले नेपालको अर्थतन्त्रमा टेवा पुर्याउने काम गरेको बताए । उनले दुई देशका नागरिक विचको समस्यालाइ सहजीकर एवम समन्वय गरि समाधानको प्रयास पनि संघले गरेको उनले बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका रोहिणी गाउपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले भारतिय पर्यटकलाइ नेपालमा हेर्ने दृष्टि फेरिनु पर्ने बताए । नेपालको विकासमा भारतिय पर्यटकको योगदान धेरै महत्वपूर्ण रहेको बताउदै यसको पहलको लागि संघलाइ आग्रह गरे । उनले सीमामा बस्ने नेपालीलाइ नेपाली न नभएको जस्तो दोहोरो व्यवहार हुने गरेको बताउदै सीमामा बस्ने नेपालीहरु नै वस्तविक सीमाको रक्षक रहेको बताए ।
नेपाल भारत मैत्री संघका उपाध्यक्ष अकबाल खाँ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष किशोर जोशी, नेपाल रेडक्रस सोसाइटी धकधइका अध्यक्ष अनिल कौशल, होटल तथा रेस्टुरेन्ट व्यवसायीका राम प्रसाद पोखरेल, भारत नेपाल मैत्री संघ भारत बेलहियाका उपाध्यक्ष पशुपती वर्मा, जयसवाल सेवा समाजको अध्यक्ष पूनम जयसवाल, पर्सा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र धवल, नेपाल भारत मैत्री संघ बेलहिया शाखाको उपाध्यक्ष जया उपाध्याय, धकधइ शाखाको अध्यक्ष वेचन प्रसाद गुप्ता लगायतले बोलेका थिए । संघका कोषाध्यक्ष नलिन शर्माको सन्चालन तथा धकधइ उपशाखाका उपाध्यक्ष दूधनाथ कंवरको स्वागतमा कार्यक्रममा सम्पन्न भएको थियो ।