मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

Ujyalosandeshonline 12456+ समाचार ( )
१७ असार २०८३, बुधवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा प्रस्तुत साङ्गठनिक प्रतिवेदनमा उल्लेखित सदस्यता तथ्याङ्कका सम्बन्धमा प्रकाशित/प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका महामन्त्री विपिनकुमार आचार्यले आज एक विज्ञप्ति जारी गर्दै ‘१८ वर्षभन्दा कम उमेरका ३५ हजार २५७ जना व्यक्ति पार्टीको सदस्य रहेको’ भनी आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ । 

विज्ञप्तिमा भनिएको छ, “१८ वर्षभन्दा कम उमेरका बालबालिकालाई पार्टी सदस्य बनाउने वा राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य न रास्वपाको नीति हो, न अभ्यास, न त कुनै संस्थागत उद्देश्य नै हो ।” डिजिटल सदस्यता प्रणालीमा ‘आवेदन’ दिएका तर ‘अन्तिम स्वीकृति’ नपाएका प्रारम्भिक विवरणलाई महाधिवेशनमा कच्चा तथ्याङ्कका रूपमा प्रस्तुत गरिएको रास्वपाले जनाएको छ । 

सदस्यताका लागि अनलाइनबाट जोसुकैले आवेदन दिन सक्ने खुला व्यवस्था भएकाले आवेदन फारम भर्ने क्रममा टाइपोग्राफिकल त्रुटि, पात्रो प्रणालीको गलत छनोट वा अन्य प्राविधिक कारणले उमेर विवरणमा फरक परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विज्ञप्तिमा जनाइएको छ । हालसम्म पार्टीको डिजिटल प्रणालीमा पाँच लाख २३ हजार ४६५ आवेदन दर्ता भएकामा ३ लाख ९० हजार ११२ जनाको नागरिकतालगायत आधिकारिक प्रमाणसहित प्रमाणीकरण भइसकेको र बाँकी प्रक्रियामा रहेको महामन्त्री आचार्यले जानकारी दिनुभयो ।

रास्वपाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै आगामी दिनमा यस्ता त्रुटि दोहोरिन नदिन प्राविधिक नियन्त्रण लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । हालको सदस्यता प्रणालीको पुनरावलोकन गर्दै १८ वर्षमुनिका विवरण स्वतः अस्वीकृत हुने प्रणाली विकास गर्ने र प्रमाणीकरण भइसकेका विवरणहरूको पुनःपरीक्षण गर्ने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार