मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

केपी ओली कप सुरु, विजेतालाई ११ लाख नगद

Ujyalosandeshonline 12444+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

ललितपुर । केपी ओली कप फुटबलको दोस्रो संस्करण ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरू भएको छ । उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । शुक्रबारको उद्घाटन खेल केपी ओली फुटबल क्लव र चर्च ब्वाइज युनाइटेडबिच भएको छ । 

उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि खेलको सुरुवात गरेको बताएका छन् । 

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्यूरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्रसहित सात टिम र दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजकगरी कुल १० टिमबिच प्रतिस्पर्धा हुनेछ ।

फाइनल खेल फागुन १९ गते हुनेछ । विजेता टिमले ११ लाख र दोस्रो हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ । सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन् । उदघाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारीलगायत उपस्थिति थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार