मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

भुकम्पपीडितका लागि लुम्बिनी विकास कोषद्वारा २५ लाख सहयोग

Ujyalosandeshonline 12455+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

लुम्बिनी । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित बनेकाहरूलाई लुम्बिनी विकास कोषले २५ लाख रुपियाँ सहयोग गर्ने भएको छ । 

कोष सचिवालयको बैठकले तत्काल राहत र उद्धारका लागि कोषको तर्फबाट २५ लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कोषका तर्फबाट प्रभावितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निर्णय भएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो ।

सदस्यसचिव शाक्यका अनुसार कोषको तर्फबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं कोषका अध्यक्ष सुदन किराती र उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले प्रधानमन्त्रीलाई सहयोग चेक हस्तान्तरण गर्नुहुनेछ ।

कोषले भूकम्पबाट मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार मध्यरातमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार