मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

पेस्तोलसहित एकजना नियन्त्रणमा

Ujyalosandeshonline 12444+ समाचार ( )
१ फाल्गुन २०८२, शुक्रबार

काठमाडौँ । सशस्त्र प्रहरी बलले सुनसरीबाट पेस्तोलसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । इटालीमा बनेको पेस्तोल र सोको तीन राउन्ड गोलीसहित भारतको अररिया ग्राम पञ्चायत–४ बस्ने ३६ वर्षीय राम थेलन पासवानलाई आज साँझ सुनसरीको जमुवास्थित सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

भारतीय नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका पासवानको साथबाट ब्राउनसुगर १०० ग्राम, नेपाली रुपैयाँ सात हजार पाँच र भारतीय रुपैयाँ नौ हजार ३८० समेत बरामद गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका पासवानलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

सीमानाकामा कडाइ गर्न निर्देशन

यसैबीच, सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीका बाहिनीपति मनिष थापाले निर्वाचन सुरक्षालाई ध्यान दिँदै सीमानाकामा चेकजाँचलाई कडाइ गर्न निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले इलाम, झापा, मोरङ  र सुनसरीका सीमानाकाको स्थलगत अनुगमनपछि सीमाबाट हुने अवैध क्रियाकलाप रोक्न निर्मम ढङ्गले प्रस्तुत हुन मातहतका ‘युनिट’लाई निर्देशन दिनुभएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार