मुख्य समाचार
नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा |

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली

Ujyalosandeshonline 12457+ समाचार ( )
५ जेठ २०८३, मङ्गलबार

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले  पदबहाली गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र पौडलबले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएलगत्तै उहाँले आज सर्वोच्च अदालतमा पुगेर पदबहाली गर्नुभएको हो । नेपालको संविधानको धारा, १२९ को उपधारा, २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आजै डा शर्मालाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो । त्यसअघि सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीश पदमा उहाँलाई सर्वसम्मतिले अनुमोदन गरेको थियो ।

संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । विसं २०२७ असार ४ गते पर्साको वीरगञ्जमा जन्मनुभएका नवनियुक्त प्रधानन्यायाधीश डा शर्मा २०७६ वैशाख ६ सर्वोच्च अदालतको न्यायाधीश हुनुभएको थियो ।

नेपाल ल क्याम्पसबाट बीएल र भारतको पुणे विश्व विद्यालयबाट एलएलएम गनुभएका उहाँले त्रिभुवन विश्व विद्यालयबाट श्रम कानुनमा विद्यावारिधि गर्नुभएको थियो । न्यायको क्षेत्रमा कानुन व्यवसायीबाट प्रवेश गर्नुभएका डा शर्माले २०७० साल जेठ २७ देखि २०७२ मङ्सिर २६ सम्म उच्च अदालतको अतिरिक्त न्यायाधीश भएर काम गर्नुभएको थियो । प्रधानन्यायाधीश डा शर्माको कार्यकाल २०८९ असार ४ सम्म हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार