मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

एम्बुलेन्समा गाँजा ओसारपसार गर्ने पक्राउ

Ujyalosandeshonline 11306+ समाचार ( )
१३ फाल्गुन २०८०, आइतबार

विराटनगर । एम्बुलेन्स दुरुपयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने  एकजनालाई प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट पक्राउ गरेको छ ।

त्यसरी गाँजा ओसार्ने विराटनगर महानगरपलिका–८ का ४८ वर्षीय जयदेव चेललाई शनिबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनको साथबाट ५२ केजी गाँजा पनि बरामद गरेको छ ।एम्बुलेन्समा गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

धनकुटाबाट धरान आइरहेको मे १ च २०३२ नम्बरको एम्बुलेन्सलाई रोकेर जाँच गर्दा लुकाएको अवस्थामा ५२ केजी गाँजा बरामद भएको थियो ।

केही दिनअघि पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरमा लुकाएर ठूलो परिणाममा गाँजा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार