अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीको जिल्ला सभापति पदमा सीता पराजुली निर्वाचित हुनुभएको छ । सन्धिखर्कमा भएको जिल्ला अधिवेशनले पराजुलीको सभापतित्वमा नयाँ कार्य समितिको निर्वाचित गरेको हो । निकटतम प्रतिद्वन्द्वी दिनेश सुनारलाई १३ मतले पछि पार्दै उनी विजयी हुनुभएको हो ।