मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना

रासस 697+ समाचार ( )
फाइल फाेटाे
१३ असार २०८३, शनिबार

काठमाडौँ । चोरले संयुक्त राज्य अमेरिका पुर्याएको १३औँ शताब्दीको शाक्यमुनि बुद्धको प्रस्तर मूर्ति स्थानीय न्हुच्छेवहालमा विधिपूर्वक पुनःस्थापना गरिएको छ । काठमाडौँ महानगरपालिका, पुरातत्व विभाग तथा सम्पदा अभियन्तालगायतको समन्वयमा हालै त्यहाँ उक्त मूर्ति पुनःस्थापना गरिएको हो । पुरातत्व अधिकृत सरिता सुवेदीका अनुसार चोरी भएको उक्त मूर्ति अमेरिकामा फेला परेपछि पुरातत्व विभागले अमेरिकास्थित तिब्बत हाउस कलेक्सनसँग समन्वय गरी नेपाल फिर्ता ल्याएको हो । अमेरिकाको एक सङ्ग्रहालयमा रहेको मूर्ति सरकार, विभिन्न संस्था, विद्वान् तथा स्वदेशी–विदेशी सम्पदा अभियन्ताको सहकार्यमा नेपाल ल्याइएको थियो । 

शान्त र सौम्य भाव झल्किने उक्त मूर्ति १३औँ शताब्दीमा निर्माण भएको मानिन्छ । पुरातात्त्विक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने यस सम्पदाले तत्कालीन कला, संस्कृति र मूर्तिकलाको उत्कृष्ट नमूना मानिन्छ । अन्तरराष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सांस्कृतिक सम्पदा अन्य देशमा पुगेको अवस्थामा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित मुलुकमै फिर्ता गर्नुपर्ने व्यवस्था रहेकाले सोही प्रक्रियाअनुसार उक्त सम्पदा नेपाल ल्याइएको अधिकृत सुवेदीले बताउनुभयो ।

नेपालबाट चोरी भएका मूर्ति, कलावस्तु तथा अन्य सांस्कृतिक सम्पदा कुनै पनि मुलुकमा रहेको सूचना प्राप्त भएपछि पुरातत्व विभागले कूटनीतिक माध्यमबाट तिनलाई फिर्ता ल्याउने प्रक्रिया अघि बढाउने गरेको छ । विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा रहेका नेपाली सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ ।

सम्बन्धित देशमा नेपाली समुदाय तथा सम्पदा संरक्षणमा क्रियाशील सङ्घसंस्थाले पनि यसमा निरन्तर सहयोग गर्दै आएका जानकारी उहाँले दिनुभयो । काठमाडौँ उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला तथा वास्तुकलाका उत्कृष्ट नमूना विभिन्न मठमन्दिरमा सुरक्षित छन ्। यस्ता सम्पदाले तत्कालीन समाजको कला, संस्कृति तथा निर्माण शैलीको अध्ययनमा महत्वपूर्ण आधार प्रदान गर्दै आएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार