मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

सीमामा तस्करको बिगबिगी : नवलपरासीमा सुरक्षाकर्मीमाथि आक्रमण, स्थानीय असुरक्षित

Ujyalosandeshonline 12463+ समाचार ( )
२७ कार्तिक २०८२, बिहीबार

भैरहवा । पश्चिम नवलपरासीको नेपाल–भारत सीमानजिकै बसैया नाकामा गए राति तस्कर र सशस्त्र प्रहरीबीच झडप हुँदा दुई राउण्ड हवाई फायर भएको छ। बुधबार राति करिब १२ बजे प्रतापपुर गाउँपालिकाको बसैया नाकामा यो घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका प्रमुख सन्तोष रायमाझीका अनुसार, मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसहरूलाई सुरक्षा जाँच गर्ने क्रममा उनीहरूले सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास गरेका थिए। जाँचका क्रममा उनीहरूले भारतबाट सुकेका माछा नेपाल ल्याउँदै गरेको भेटिएको थियो ।

सशस्त्र प्रहरी निरीक्षकसहितको टोलीमाथि तस्करको समूहले आक्रमणको प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको रायमाझीले बताए । प्रारम्भमा ६ जनाले विवाद सुरु गरेको र विवाद बढ्दै जाँदा भारततर्फबाट थप ३०-३५ जना मानिसहरू आएर हुलहुज्जत गरेका थिए। हवाई फायर गरेपछि तस्करीमा संलग्न मानिसहरू भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ। भाग्ने क्रममा करिब १५० किलो सुकेको माछा बरामद गरिएको छ ।

नवलपरासीका सीमावर्ती क्षेत्रमा तस्करहरूको बिगबिगी बढेको स्थानीय बासिन्दाले बताएका छन्। महेशपुर, सनई, रगरगँज, पडरी, गेर्मी, तोनवा, बसहिया, हरपुर, गुठीप्रसौनी लगायतका नाकाबाट खुलेआम व्यापक तस्करी भइरहेको उनीहरूको भनाइ छ। जसका कारण सीमा क्षेत्रका स्थानीय बासिन्दा असुरक्षित महसुस गरिरहेका छन्। एक स्थानीयले भने, "जब तस्करहरूले प्रहरी प्रशासनमाथि आक्रमण गर्दै हिँड्छन्, हामीलाई के गर्छन्? जब सुरक्षा निकाय नै आफै सुरक्षित छैन, हामी कसरी सुरक्षित महसुस गर्ने?"

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार