मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

मलको अभाव अन्त्य गर्न स्वदेशमै कारखाना खोलौँ, हरेक वर्ष रोएर बस्ने होइन : सांसद ताहिर अली भाट

Ujyalosandeshonline 12093+ समाचार ( )
२ जेठ २०८३, शनिबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले नेपालमा हरेक वर्ष दोहोरिने रासायनिक मलको अभावप्रति तीव्र असन्तुष्टि व्यक्त गर्नुभएको छ । कृषि समितिको बैठकमा बोल्दै उहाँले सरकारले स्पष्ट कार्ययोजना (रोडम्याप) बनाएर मल संकटको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

सांसद भाटले २१ औँ शताब्दीमा आइपुग्दा र देशमा यति धेरै राजनीतिक परिवर्तन भइसक्दा पनि किसानले हरेक सिजनमा मलकै लागि भौँतारिनुपर्ने अवस्था लाजमर्दो भएको बताउनुभयो । 'हामी हरेक वर्ष मल छैन भनेर मात्रै बस्ने कि समस्या समाधान तिर लाग्ने ?' भन्दै उहाँले सरकारलाई प्रश्न गर्नुभयो । अब केवल परनिर्भर भएर पुग्ने अवस्था नरहेकाले नेपालमै मल कारखाना स्थापना गर्ने ठोस नीतिसहित सरकार अगाडि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

बैठकमा बोल्दै उहाँले देशको वर्तमान श्रम बजार र युवा पलायनको अवस्थाप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । लाखौँ नेपाली युवाहरू अध्ययन र रोजगारीका लागि विदेशिनुको पछाडि कृषि क्षेत्र उपेक्षित हुनु पनि एउटा मुख्य कारण रहेको उहाँले औंल्याउनुभयो । किसानका समस्या तत्काल हल गरेर कृषि पेशालाई सम्मानित र मर्यादित बनाउन सके मात्रै युवा पलायनलाई रोक्न सकिने उहाँको दाबी छ ।

यसैगरी, सांसद भाटले संघीयता लागू भए पनि स्थानीय सरकारहरूले कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको आरोप लगाउनुभयो । स्थानीय तहहरूले कृषि क्षेत्रमा न्यून बजेट र कम लगानी गरेका कारण पनि यो क्षेत्र माथि उठ्न नसकेको उहाँले बताउनुभयो । देश र व्यवस्था बदलिए पनि किसानको अवस्था नबदलिएको भन्दै उहाँले मलको हाहाकार सधैँका लागि अन्त्य गरी कृषिबाटै आयआर्जनको वातावरण बनाउन सरकारसँग माग गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार