मुख्य समाचार
बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद | भन्सार छलेर भित्र्याइएको ठूलो परिमाणको कपडा नवलपरासीमा पक्राउ | विमानस्थलबाट गाँजासहित विदेशी नागरिक पक्राउ | गुल्मी जिल्ला प्रशासनको सेवामा सुधार, एकद्वार प्रणाली र QR भुक्तानीको माग | केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ | बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट | कांग्रेस १५औँ महाधिवेशनः वडा अधिवेशन भदौ २४ देखि, केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ सम्म |

मलेसियामा स्वर्णपदक जितेकी तेक्वान्दो खेलाडीको सम्मान

Ujyalosandeshonline 12080+ समाचार ( )
२३ फाल्गुन २०८०, बुधवार

विराटनगर ।  अन्तर्राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा भाग लिन मलेसिया गएकी सजिना तामाङले दुई वटा पदक जितेकी छन् ।

मलेसियामा फागुन १७ देखि २० गतेसम्म भएको ‘हर्याङ वारिअर आईटीएफ तेक्वान्दो वल्र्ड च्याम्पियनसिप’ मा भोजपुरको षडानन्द नगरपालिका–४ घर भएकी १६ वर्षीय सजिनाले स्वर्ण र रजत पदक जितेकी हुन् ।

उनी एकल स्पिाइरिङ ४३ –५३ तौल समूहबाट स्वर्ण पदक र एकल प्याटन निलो पेटी समूहमा रजत पदक जित्न सफल भएकी हुन् । तामाङ पछिल्लो समय आईटीएफमा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेकी छन् ।

विगतमा पनि विभिन्न पदकहरू जितेकी छन् । तामाङले अन्तर्राष्ट्रिय स्तरमा पुगेर जितेको यो स्वर्ण पदक र रजत पदक  अहिलेसम्मको ठूलो उपलब्धि भएको नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघको केन्द्रीय अध्यक्ष प्रविणकुमार कार्कीले बताए । 

विश्व स्तरमा पुगेर तेक्वान्दो खेलाडी सजिनाले नेपालको नाम विश्वसामु उच्च राख्न सफल भएकी खेलाडीलाई संघीय सरकार र  प्रदेश सरकारले सम्मान गरिनुपर्ने अध्यक्ष कार्कीले बताए । 

स्वर्ण पदक जित्दै तामाङ बुधबार घर फर्किएकी छन् । उनलाई विराटनगर विमानस्थलमा कोशी प्रदेश आइटिएफ तेक्वान्दो संघले सम्मान गरेको छ । संघका कोषाध्यक्ष ओमकुमार श्रेष्ठले तामाङलाई सम्मान गरेका हुन । 

नेपालबाट प्रतिनिधित्व गर्दै सजिनासहित चारजना तेक्वान्दो खेलाडी र एकजना अम्पायरसहित पाँच जनाको टिम मेलेसिया १६ फागुनमा प्रस्थान गरेका थिए । 

चारजना खेलाडीमध्ये वीरेन्द्र कुवँरले दुई  विधामा दुई कास्य पदक जित्न सफल भए । नेपालबाट तामाङ, कुवरसहित खेलाडीहरू देवेन्द्र सुनार,  कैलाश अर्याल र नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका कोषाअध्यक्ष रहेका  विक्रम बाठा मगर अम्पायरको भूमिका निर्भाह गर्दै मलेसिया गएका थिए । 

उक्त प्रतियोगितामा विश्वभरका ३१ भन्दा बढी राष्ट्रका २ हजार चार सयभन्दा बढी तेक्वान्दोका खेलाडीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार