मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |

पीएम कप लुम्बिनी प्रदेशस्तरीय छनोट खेलमा बर्दिया र बाँकेको जित

Ujyalosandeshonline 11306+ समाचार ( )
२२ माघ २०८२, बुधवार

भैरहवा । रुपन्देहीमा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दिया र बाँकेले जित निकालेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको अर्को खेलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् ।

बुधबार सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो । उसका लागि केशव विष्ट र सुमित श्रेष्ठले अर्धशतकीय पारी खेले । केशवले अविजित ९४ र सुमितले ६६ रन जोडे । यस्तै, हर्षल भण्डारीले ३० तथा नितेश न्यौपानेले १४ रन बनाए । बलिङमा पाल्पाका केशव परई, नरबहादुर सार्की, रुपेश बस्याल र थानेश्वर भट्टराईले समान १–१ विकेट लिए । जवाफी ब्याटिङ गरेको पाल्पा ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४० रनमा समेटियो । उसका लागि नरबहादुर सार्कीले ४४, रुपेश बस्यालले १५ र कुशल ढकालले १४ रन बनाए । बलिङमा बर्दियाका निर्मल गुरुङले ३ तथा निखिल खत्रीले २ विकेट लिए । खेलमा केशव विष्ट प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

यस्तै, अर्को खेलमा टस हारेर ब्याटिङमा आएको नवलपरासीले २९ ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । जसमा रन्जितकुमार खत्रीले ५४, सम्राट भुसालले ३९, ड्रस सुनारले अविजित ३६ र जितेन्द्र केवटले १४ रन बनाए । बलिङमा बाँकेका सलाउद्दिन खानले ३, लभकुश यादवले २ तथा सिद्धान्तराज शाहीले १ विकेट लिए । जवाफी ब्याटिङ गरेको बाँकेले २५ ओभर १ बल खेल्दै ४ विकेट गुमाएर १ सय ६८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मोहम्मद सदाब अन्सारीले अविजित ७४ रन जोड्दा सलाउद्दिन खानले अविजित ६३ रनको योगदान गरे । बलिङमा नवलपरासीका राजेन्द्रकुमार बम र जितेन्द्र केवटले समान २–२ विकेट हात पारे । खेलमा सलाउद्दिन खान प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार