मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

मर्चवारको मुहार फेर्दै सर्वेन्द्रनाथ शुक्ल: सडक, सिँचाइ र मालपोतदेखि अबको लक्ष्य सुविधा सम्पन्न अस्पतालसम्म

Ujyalosandeshonline 12450+ समाचार ( )
१४ फाल्गुन २०८२, बिहीबार

मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले मर्चवार क्षेत्रमा आफूले गरेका विकास निर्माणका कामको विवरण सार्वजनिक गर्दै आगामी योजनासमेत जनतासामु प्रस्तुत गरेका छन्। उनले आफ्नो कार्यकालमा मर्चवारको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवामा ऐतिहासिक फड्को मारेको दाबी गर्दै अबको मुख्य लक्ष्य सुविधासम्पन्न अस्पताल निर्माण गर्नु रहेको बताएका छन्।

नेता शुक्लले मर्चवारको कृषि उत्पादनलाई उकास्न आफ्नै पहलमा पहिलो पटक सतह सिँचाइको सुरुवात गरिएको स्मरण गराएका छन्। खडवा बाँध निर्माण गरेर १५ देखि १६ वटा गाउँमा सिँचाइ सुविधा पुर्‍याइएको र थप १५–२० वटा ‘डिप ट्युबेल’ बोरिङ जडान गरी किसानलाई राहत दिइएको उनले बताए। यसका साथै मर्चवारका करिब साढे दुई सय गाउँमा विद्युतीकरणको कामसमेत आफ्नै पालामा सम्पन्न भएको उनको भनाइ छ। सडक सञ्जाल विस्तारतर्फ इङ्गित गर्दै उनले वि.सं. २०७० सालको दोस्रो संविधानसभा सांसद विकास कोषको बजेटबाट ग्राभेल सडक निर्माण गरेको र तिनै सडकलाई पछि स्थानीय तहका अध्यक्षहरूले कालोपत्रे गरी स्तरोन्नति गरेको जानकारी दिए।

विगतमा मर्चवारवासीले सामान्य सरकारी कामका लागि पनि भैरहवा - बुटवलसम्म धाउनुपर्ने झन्झटिलो बाध्यता रहेकोमा शुक्लले त्यसको अन्त्य गरेका छन्। बुटवल र मर्चवारबीचको निकै लामो खिचातानीका बाबजुद जनताको सहजताका लागि मालपोत, नापी र विद्युत् प्राधिकरणको कार्यालय मर्चवारमै स्थापना गर्न आफू सफल भएको उनले बताए। प्रशासनिक सेवा मात्र नभई शैक्षिक विकासमा पनि जोड दिँदै उनले मझागाउँमा मर्चवारकै पहिलो क्याम्पस स्थापना गराएर स्थानीय स्तरमै उच्च शिक्षाको ढोका खोलेको उल्लेख गरेका छन्।

विगतका यी महत्त्वपूर्ण उपलब्धिहरूलाई जनतामाझ राख्दै नेता शुक्लले २०८४ सम्ममा मर्चवारमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउने आफ्नो प्रमुख लक्ष्य रहेको घोषणा गरेका छन्। मझागाउँमा अस्पताल निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिसकेको र केन्द्र तथा जिल्लाबाट समेत सहमति प्राप्त भई काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिएका छन्। निर्धारित समयभित्रै अस्पतालको विस्तृत नक्सा सार्वजनिक गरी भौतिक संरचना निर्माणसम्पन्न गर्ने उनको प्रतिबद्धता छ। निर्वाचनको संघारमा शुक्लले सार्वजनिक गरेको यो विकास फेहरिस्त र भावी योजनाले मर्चवारका बासिन्दामा थप आशा र सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार