मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

भारतमा जारी कराते प्रतियोगितामा नेपाललाई पहिलो स्वर्ण पदक

Ujyalosandeshonline 12461+ समाचार ( )
१४ पौष २०८१, आइतबार

महाराष्ट्र, पुणे  (भारत) । भारतको महाराष्ट्र प्रदेशस्थित पुणे शहरमा शनिबारदेखि  अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरू भएको छ । भारतको पुणेस्थित खेलकुद विभाग केन्द्रमा आयोजना गरिएको प्रतियोगितामा शनिबार सम्पन्न विभिन्न उमेर समूहको काँटा प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको छ । नेपालकोतर्फबाट उत्कृष्ट काटा प्रदर्शन गरेका १० वर्षमुनीका खेलाडी समूहका सिद्वार्थ रानाले स्वर्ण पदक हात पारेका छन् । त्यस्तै शनिबार नै प्रतियोगिता अन्तर्गतका विभिन्न उमेर र तौल समूहका खेलाडीको छनौट प्रतियोगिता सम्पन्न भएका छन् ।

भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा नेपाल, बंगलादेश, श्रीलंका लगायत भारतका विभिन्न क्षेत्रबाट १ सय भन्दा बढी खेलाडी सहभागी रहेको आयोजक संस्थाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत आइतबार र सोमबार बिभिन्न उमेर र तौल समूहको अन्तिम फाइनल खेल हुनेछ । नेपालकोतर्फबाट विभिन्न समूहका १८ जना महिला तथा पुरूष खेलाडी सहभागी रहेको जापान गोजुरियो कराते डो मिसन संघ, नेपालका अध्यक्ष केबी रानाले बताए । नेपाली प्रतियोगि खेलाडीहरूको प्रदर्शन उत्कृष्ट रहेको उनले बताए ।

यसअघि शनिबार प्रतियोगिताको उद्घाटन गर्दै भारतीय सिने अभिनेता डा. सुमन तलवारले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन खेल क्षेत्रमा लागेर योगदान गर्ने खेलाडीको सम्मान बढाउनुपर्ने बताए । उनले खेलकुदको कराते जस्तो विधाले आत्मसुरक्षा, अनुशासन र स्वस्थ्य राख्न मद्दत पुर्याउने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार