रुपन्देहीको पूंजिगत खर्च ४० प्रतिशत, चालु ९० प्रतिशत बढी

राधेश्याम विश्वकर्मा 54+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीमा रहेका १ सय १९ वटा कार्यालयमा चालु खर्चको तुलनामा पूंजिगत खर्च आधा भन्दा पनि कम भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीमा चालु खर्च ९०.९७ प्रतिशत खर्च हुदा पूंजिगत खर्च ३९.८० प्रतिशत मात्र खर्च भएको छ ।

रुपन्देहीको बिभिन्न कार्यालयहरुको लागि आर्थिक वर्ष २०८०/०८१ को लागि २५ अर्ब ४३ करोड ९२ लाख ५५ हजार ६ सय ९ रुपैया विनियोजन गरिएको थियो । जसमा चालु तर्फ कुल बजेटको ६९.८५ प्रतिशत अर्थात १७ अर्ब ७७ करोड ९६ हजार २४ रुपैया विनियोजन भएको थियो । यसको ९०.९७ प्रतिशत अर्थात १६ अर्ब १६ करोड ६९ लाख ३ हजार ९ सय ७१ रुपैया खर्च भएको प्रमुख कोष नियन्त्रक मञ्जु कुमारी जैसी ढकालले बताइन । 

रुपन्देहीको कुल बजेटको ३०.१५ प्रतिशत अर्थात ७ अर्ब ६६ करोड ९१ लाख ५९ हजार ५ सय ८५ रुपैया पूंजिगत खर्चको लागि विनियोजन भएको थियो । पूंजिगत खर्च तर्फ विनियोजित बजेटको ३९.८० प्रतिशत अर्थात ३ अर्ब ५ करोड २९ लाख ११ हजार ५ सय ९४ रुपैया मात्र खर्च भएको छ । पूजिगत खर्चमा असार महिनामा मात्रै १४.७८ प्रतिशत अर्थात १ अर्ब १३ करोड ३८ लाख ८३ हजार १ सय रुपैया खर्च भएको प्रमुख कोष नियन्त्रक ढकालले बताईन । काम अगाडी भए पनि धेरै आयोजनाहरुको अन्तिम बिल भुक्तानी असार महिनामा हुने कारणले असार महिनामा बढी खर्च भएको देखिएको हुन सक्ने उनको भनाई छ । 

जिल्लामा  पूजिगत तर्फ सबै भन्दा कम खर्च गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल र नेपाल लाईभस्टक सेक्टर ईन्नोभेसन आयोजनाले गरेका छन् । यी दुबै कार्यालयको छुट्टयाईएको रकम मध्ये दुबै कार्यालयले पूंजिगत खर्च तर्फ एक रुपैया पनि खर्च गरेका छैनन् । गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थललाई ३ लाख ५० हजार र नेपाल लाईभस्टक सेक्टर ईन्नोभेसन आयोजनालाई ९ लाख ८० हजार बजेट विनियोजन भएकोमा दुबै कार्यालयले उक्त रकम खर्च नगरेको कोलेनिकाले उपलब्ध गराएको तथ्यांकबाट देखिन्छ । 

यस्तै सबै भन्दा बढी पूंजिगत खर्च आएको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक खण्डलाई ३ अर्ब २५ करोड १५ लाख रुपैया मध्ये ०.२६ प्रतिशत अर्थात ८४ लाख ९० हजार ९ सय ७३ रुपैया मात्र खर्च भएको छ । “यो आयोजनाको काम सुरु हुन नसक्दा समग्र रुपन्देहीको पूंजिगत खर्चमा असर परेको हो ।” प्रमुख कोष नियन्त्रक ढकालले भनिन “यो आयोजनाको खर्च भएको भए रुपन्देहीको औषत पूंजिगत खर्च ७० प्रतिशत भन्दा बढी हुन्थ्यो ।”

चालु खर्चको तुलनामा पूंजिगत तर्फ करिब एक तिहाई बजेट विनियोजन भएको र त्यो पनि उल्लेख्य रुपमा खर्च हुन नसक्दा जिल्लाका आयोजनाहरु प्रभावित भएका छन् । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक खण्डको काम सुरु नै हुन सकेन भने अन्य आयोजना पनि भुक्तानी नभएकै कारण प्रभावित भएको सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउछन् । पूंजिगत खर्च लाई चालुकै हाराहारीमा पु¥याउन नसके पूर्वाधार निर्माणका कामहरु प्रभावित भैरहने उनको ठम्याई रहेको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार