मुख्य समाचार
बाजुराको सदरमुकाम मार्तडीमा आयोजित र्‍याली | बाल सुधारगृहको विस्तृत अवस्था प्रतिवेदन पेस गर्न निर्देशन | युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने | ‘निर्वाचन प्रहरीको पोसाक खरिद पारदर्शी छ’ | चेसिस नम्बर टेम्पर गरिएका टिप्पर र ट्रयाक्टर नियन्त्रणमा, कारबाहीका लागि यातायात बुझाइयो | सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता ल्याइने | नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा 'अपरेटिङ बेस' राख्ने तयारी गर्यो | लुम्बिनीका मुख्यमन्त्री आचार्यले भदौ १ मा विश्वासको मत लिँदै | चापाकोटमा सीसीटीभी क्यामेरा जडान, प्रहरीलाई हस्तान्तरण तथा सम्मान | ‘मिसइन्फर्मेसन’ र ‘डिसइन्फर्मेसन’ले सामाजिक सद्भाव खल्बलिएको महसुस भएको छः प्रहरी महानिरीक्षक कार्की |

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छः सभापति लामिछाने

Ujyalosandeshonline 12016+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले युवा वर्गको चाहनाअनुसार नेतृत्व पाएको उल्लेख गर्र्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा आज यहाँ आयोजित संसद्सम्म युवा आवाज कार्यक्रममा उहाँले नेपालले युवा दिवसको उत्सव मनाउन मात्र होइन अनुभव नै गर्न पाएको बताउनुभयो ।

सभापति लामिछाने भन्नुभयो, “विश्वका धेरै देशहरूले देखेको सपना र सोचेको युवा नेतृत्वको विषय नेपालले व्यवहारमै हासिल गरेको छ । यस अघि मुलुकको राजनीतिमा युवा नेतृत्व भएन भनेर गुनासो गरिएको थियो, तर अहिले मुलुक हाक्ने नेतृत्व नै युवा भएकाले जनअपेक्षाअनुसार काम गरेर देखाउनुपर्ने छ । यसमा सबैको साथ र सहयोग आवश्यक छ ।”

मुलुकको राजनीतिमा हाल नेपालले विश्वकै वीरलै अवसर पाएको उल्लेख गर्दै उहाँले अब युवाका सपना साकार हुने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । युवामा तत्काल परिणाम खोज्ने बानी देखिएको बताउँदै उहाँले युवा नेतृत्व सफल भएन भने भविष्यका लागि समेत आरोप लाग्नेतर्फ सबै सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । वर्तमान सरकार गठन भएको चार महिना मात्र भएको र यस अवधिमा मुलुकको उज्ज्वल भविष्यको बलियो जग निर्माणको काम भइरहेको बताउँदै उहाँले सरकारले अहिले विभिन्न निकाय र संस्थामा योग्य र सक्षम व्यक्तिलाई काम गर्ने अवसर प्रदान गरिरहेको जानकारी गराउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार