मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |
मुख्य समाचार
प्रहरी टोलीमाथि आक्रमण गर्ने मनसुरी नवलपरासीबाट पक्राउ | नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा पदबहाली | पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग |


सकारात्मक साेंचनै सफलताको मार्ग होः मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11306+ समाचार ( )
२७ पौष २०८१, शनिबार

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सकारात्मक सोंचलेनै युवाहरुलाई चुनौतीहरुसंग जुध्न र सफलताकालागि अघि बढ्न प्रेरित गर्ने बताउनु भएको छ ।

लियो क्लवले आयोजना गरेको दोस्रो काउन्सील बैठकलाई भैरहवामा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले हरेक क्षेत्रमा युवाहरु सकारत्मक दृष्टिकोणका साथ अघि बढ्न सक्दा सफलता प्राप्त हुने बताउनु भएको हो ।‘तपाई जहाँ लाग्नुहुन्छ निष्ठापूर्वक, इमानदारीताका साथ लाग्नुस ।

दृढ संकल्प लिनुस सफलता प्राप्त सहजै हुन्छ’उहाँले भन्नुभयो,‘लोभ गर्ने, अहंकार पाल्ने हो भने सफलता प्राप्त हुदैन । आजको भोली कुनै चिजको परिणाम प्राप्त हुदैन ।तर, निरन्तर लागेपछी अवस्य सुखद परिणाम प्राप्त हुन्छ ।’ युवाहरुलाई स्वदेशमा उद्यमशिलता र स्वरोजगारको अवसर सृजना गर्न सरकारले प्राथमिकतामा राखेको बताउदै अवसरहरुको खोजी स्वदेशमै गर्न आह्वान गर्नु भयो ।

‘युवाहरुको साथमा सरकार छ । यहाँहरुलाई उद्यमशिलता र रोजगारी सुनिश्चित गर्ने योजना सरकारले बनाएको छ’उहाँले भन्नुभयो,‘लुम्बिनी प्रदेशमा कृषि, पर्यटन, उद्योगको प्रचुर सम्भावना छ । यही केही गर्न सकिन्छ ।’ हरेक क्षेत्रमा श्रेष्ठता हाँसिल गर्नेगरी क्रियासिल हुन युवाहरुमा आग्रह गर्नु भयो ।‘तपाई जुन क्षेत्रमा लाग्नुहुन्छ, त्यहाँ राम्रो गर्नुस, श्रेष्ठता हाँसिल गर्नुस’उहाँले भन्नुभयो,‘गरे के हुदैन । सबै सम्भव छ । यसलाई उदाहरणमा बदल्न जरुरी छ ।’

प्रदेश सरकारले युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउदै स्वरोजगारका क्षेत्रमा अघि बढ्न आग्रह गर्नु भयो ।‘हाम्रो प्रदेश प्राकृतिक रुपमा सम्भावनानै सम्भावना भएको प्रदेश हो । यहाँ हिमाल छ । पहाड छ । तराई छ । भित्रि मधेस छ । गौतमबुद्धको जन्मस्थल यही छ’उहाँले भन्नुभयो,‘विश्व जगतलाईनै आकर्षीत गर्ने सम्भावना र स्रोत हाम्रै प्रदेशमा छ ।’ विदेशमा रहेका युवाहरुलाई पनि स्वदेशमा आकर्षीत गर्नेगरी युवाहरुले रचनात्मक काम गर्न जरुरी रहेको धारणा मुख्यन्त्री आचार्यको छ ।

मुख्यमन्त्री आचार्यले आफ्नो संघर्षशिल जीवनको बारेमा समेत युवाहरु माझ प्रकाश पार्नु भएको थियो । शिक्षालाई अघि बढाउदाको संघर्ष, पार्टी निर्माण गर्दा र स्वास्थ्य समस्यासंग जुध्दाको उताडचडावको बेलामा पनि हिम्मत नहारेर अघि बढ्को स्मरण गर्नुभएको थियो ।‘म मरेर बाँचेको मान्छे हुँ । क्यान्सर जस्ता थुप्रै रोग संग जुधे । तर, हिम्मत हारिन । अहिले म तपाईहरुको माझ यसरी उपस्थित हुन पाएको छु’उहाँले भन्नुभयो,‘पवित्र मनले गर्ने हरेक कामहरु सफल हुन्छन् ।

जीवनसंग हार्ने होइन, हिम्मतका साथ अघि बढ्न सक्नुपर्छ ।’ त्यागको भावना बोकेर आफु अघि बढेको समेत बताउनु भयो ।‘समाजमा केही काम गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढीरहेको छु । सुशासन कायम गर्न आफैबाट सुरु गर्नुपर्छ भनेर पूर्व बिशिष्ट व्यक्तिको सुविधा खारेज गर्ने निर्णय गरे’उहाँले भन्नुभयो,‘सुधारका कामहरु गर्दै जाने हो ।

समाजमा राम्रो सन्देश र भावनाको विकास गर्न जरुरी छ ।’ हरेक चुनौतीलाई अवसरको रुपमा बदल्न सक्नुपर्ने, समाज सेवा र सामाजिक गतिविधिमा सक्रिय हुनुपर्ने, उद्यमशिलता र आफ्नै प्रयासबाट नयाँ कुरा सिर्जना गर्नतर्फ लाग्न आग्रह  गर्नु भयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै