मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

सहकारीको बचत रकम अपचलन गर्ने चारजना पक्राउ

Ujyalosandeshonline 11904+ समाचार ( )
३ असार २०८१, आइतबार

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिका–५ कुमारीपाटीमा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था खोलेर सर्वसाधारण मानिसलाई आकर्षक व्याज दिने र आवश्यक परेको समयमा जम्मा भएको रकम दिने विश्वास दिलाइ उनीहरुको रकम अपचलन गरि फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्ष समेत चारजना सञ्चालक र व्यवस्थापकहरुलाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहकी छिन् । उनी पनि हाल गोकर्णेश्वर बस्दै आएकी हुन् ।

यस्तै, सहकारीका सञ्चालक सदस्य र सदस्य, ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौं महानगरपालिका किर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दा थिए ।

उनीहरुलाई जेठ ३२ गते काठमाडौंका विभिन्न स्थानबाट उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका कर्मचारीले पक्राउ गरेको हो ।

उनीहरुको साथमा मोबाइल थान ६ वटा, पेनड्राइभ तीनवटा, हस्ताक्षरसहितको चेक थान ३, इको भ्यान, सहकारीको छापलगायतका सामानहरु बरामद भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार