मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सुनसरी जिल्ला अदालतले दशैंमा सेवा अवरुद्ध नहुने गरी विशेष व्यवस्था

Ujyalosandeshonline 12450+ समाचार ( )
६ अशोज २०८२, सोमबार

विराटनगर । विजया दशमी २०८२ का अवसरमा सुनसरी जिल्ला अदालत, इनरुवाले दशैं अवधिमा पनि आवश्यक न्यायिक कामकाज निरन्तर हुने गरी विशेष व्यवस्था गर्ने भएको छ । अदालतका अनुसार असोज ६ गतेदेखि असोज २० गतेसम्म नियमित कामकाज बन्द रहने भए पनि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम आवश्यक कानुनी प्रक्रिया भने जारी रहनेछ ।

अदालतका उप–सचिव टिकेन्द्रवीर जङ्ग राणाले पक्राउ पूर्जि जारी गर्ने, त्यसको अनुमती प्रदान गर्ने, साथै गैरकानुनी थुनामा रहेका बन्दी प्रत्यक्षीकरणजस्ता कार्य अवरुद्ध नहुने जानकारी दिए ।

यस अवधिमा शनिबार, घटस्थापना, दशैंको मुख्य दिन विजयादशमी तथा कोजागत पूर्णिमाबाहेक प्रत्येक दिन अदालत बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म सञ्चालन हुने अदालतले जनाएको छ। सार्वजनिक सूचना जारी गर्दै अदालतले सो समयमा सेवा आवश्यक पर्ने पक्षलाई उपस्थित हुन आग्रह गरेको छ ।

राणाका अनुसार दशैंजस्तो ठूलो चाडपर्वमा अदालत पूर्ण रूपमा बन्द हुँदा थुनुवामा रहेका अभियुक्तहरूको हकहित प्रभावित हुनसक्ने भएकाले विशेष कदम चालिएको हो। यसअघि पनि ठूला चाडपर्वहरूमा जिल्ला अदालतहरूले यस्तै व्यवस्था गर्दै आएको अदालतले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार