मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

भारी वर्षा र विपद् जोखिमप्रति सतर्क रहन मुख्यमन्त्री आचार्यको आह्वान

Ujyalosandeshonline 12463+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संभावित भारी वर्षा तथा त्यसबाट उत्पन्न हुन सक्ने विपद् जोखिमप्रति सतर्क रहन प्रदेशवासीलाई आह्वान गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको चेतावनी जारी गरेपछि मुख्यमन्त्री आचार्यले शुक्रबार बेलुका एक सन्देश जारी गर्दै जोखिम न्यूनीकरणका लागि सबै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभएको हो ।

मुख्यमन्त्री आचार्यका अनुसार पहाडी तथा हिमाली जिल्लामा पहिरोको उच्च जोखिम छ भने तराई क्षेत्रमा डुबान र कटानको समस्या देखिन सक्नेछ । उहाँले यस्ता चुनौतीको सामना गर्न सुरक्षा निकाय पूर्ण तयारीमा रहेको जानकारी दिनुहुँदै सामुदायिक सहकार्य र जनस्तरको सक्रिय योगदान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

‘विपद् प्रतिकार्यमा सबैले आफ्नो भूमिका निर्वाह गर्ने, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्ने, रात्री समयमा सवारी साधन सञ्चान नगर्ने र आवश्यक परे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने कार्यले ठूलो क्षति रोक्न मद्दत पु¥याउँछ,’सन्देशमा उल्लेख छ । उहाँले साझा प्रयास र संयमित व्यवहारमार्फत मात्रै प्राकृतिक विपद्को सामना गर्न सकिने भन्दै सबैलाई सतर्कता र धैर्य अपनाउन अपिल गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार