मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

जेलबाट छुटेर माफ माग्न रुपन्देही आएका रामआशिष भन्छन “अब विदेश जादिन”

राधेश्याम विश्वकर्मा 58+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

भैरहवा । रुपन्देही कन्चन गाउँपालिका वडा नम्बर ४ का दुर्गा प्रसाद शर्माको हत्या आरोपमा फाँसीको सजाय कुरिरहेका धनुषा जिल्ला जनकपुर उप महानगरपालिका वडा नम्बर १७ बस्ने राम आशिष यादव अन्ततः घर फकिएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी र यहाका व्यसायीहरुको सहयोगमा जुटेको ब्लडमनि तिरेर यादव जेलमुक्त भएका हुन । जेलमुक्त भएर नेपाल आए लगत्तै यादव रुपन्देही आई पुगेका छन् । 

दुर्गा प्रसाद शर्माको परिवार र समग्र रुपन्देहीवासी संग माफी माग्न उनि रुपन्देही आएको बताए । “म हात जोडेर रुपन्देहीको बासिन्दा र दुर्गा दाईको परिवारबाट माफी माग्दछु, मलाई माफ गरिदिनुहोस ।” रामआशिष यादवले भने “एउटै कम्पनीमा काम गर्ने क्रममा झगडाको क्रममा धकेला धकेल हुदा अन्जानमै दुर्गा दाईको ज्यान गएको थियो ।”

काम गर्ने क्रममा मृतक दुर्गा प्रसाद शर्मा र रामआशिष एउटै कोठामा बस्थे । एक दिन मदिरा पिए पछि जनै तानेको विषयमा झगडा हुदा रामआशिषले दुर्गा शर्मालाई धकेलेको बताए । सोही क्रममा दुर्गा स्टिलको रडमा खसेको र सोही कारण उनको मृत्यु भएको यादवको भनाई छ । 

यादवलाई त्यहाँको साउदी अरबको अदालतले ५ वर्षको जेल सजाय तोेकी त्यसपछि फासी दिने सजाय सुनाएको थियो । पिडित परिवारलाई ब्लम मनि दिएर सहमति गर्न सके फासीको सजाय माफ हुने प्रावधान अनुसार रामआशिषको परिवार दुर्गा शर्माको परिवारलाई भेट्न रुपन्देही आएका थिए । 

यहा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अगुवाईमा स्थानिय व्यपारीहरुको सहयोगमा शर्मा परिवारलाई ४६ लाख २५ हजार रुपैया ब्लड मनि तिरिएको थियो । सोही ब्लड मनि तिरेको कारण यादव अहिले नेपाल फकिएका हुन । उनले रुपन्देहीवासीसंग माफी माग्न र धन्यवाद दिन यहा आएको बताए । “म सबै तर्फबाट हरेश खाईसकेको थिए, गाउँ छिमेक र आफ्नै जिल्लाले सहयोग नगरेको अवश्थामा मेरै हातबाट मारिन पुग्नुभएका दुर्गा दाईकै जिल्लावासीले सहयोग गर्नुभयो ।” उनले भने “यो भन्दा उदार मुटु भएका अन्त कहाँ पाईन्छ र ?”

नेपाल फर्किएका रामआशिषले अब नेपालमै असल नागरिक भई बस्ने अब बिदेश नजाने बताए । “अर्को जुनी पाएको छु, अब नेपालमै आफ्नै परिवार बिच केही गरेर बस्छु ।” यादवले भने  

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबैको प्रयास सार्थक भएको बताए । उनले रुपन्देहीका व्यवसायीहरुको उदार ह्ृदयको कारण कसैको ज्यान जोगाउन सकिएको बताए । अर्यालले सहयोग गर्ने दाताहरुको नाम सार्वजनिक गर्दै सबैलाई धन्यवाद दिए । र रामआशिष यादवलाई एक असल नागरिक भई राष्ट्रहितमा काम गर्न आग्रह गरे । 

उद्योग बाणिज्य महासंघ, लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद शर्माले एउटाको मृत्यु भईसकेको अवश्थामा अर्कालाई पनि मृत्यु नै दिनु हुदैन भन्ने हाम्रो मान्यता र दुइटा घरलाई बचाउनका लागि यो प्रयास गरेका बताए ।

यो ५ वर्षमा रामआशिषले आफुले गरेको कर्मको सजाय भोगेको र यसका बालबालिकाले दुःख नपाउन भन्ने उद्देश्यले पनि रकमको जोहो गरिएको शर्माले बताए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारीको प्रयासमा र सीता शर्माको उदार ह्ृदयका कारण ५ वर्ष सजाय काटेका रामाआशिष यादव घर फर्किएका हुन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार