मुख्य समाचार
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल | दसैँको साइत : कात्तिक ४ गते बुधबार १०ः२६ बजे विजया दशमीको उत्तम | अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी |

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12463+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

रौतहट । रौतहट सशस्त्र प्रहरीले स्रोत नखुलेको साढे तीन लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।इशनाथ नगरपालिका वडा नम्बर ४ महुलियास्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०३५ प ६५४५ नम्बरको मोटर साईकललाई चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला परेको हो ।

सशस्त्र प्रहरीले मोटरसाईकलमा सवार रहेका परोहा नगरपालिका वडा नम्बर ५ बस्ने बर्ष ३५ को सहजाज देवान र राजपुर नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ३२ को शेख सम्सानलाइ पक्राउ गरेको छ । 

उनीहरुको साथबाट स्रोत नखुलेको नेपाली रुपैया एक हजार दरको नोट ३०९ थान र पाँच सय दरको नोट सय थान गरि तीन लाख उनन्नसाठ्ठी हजार रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हेड क्वाटर रौतहटको सुचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक संजित कुमार सिंहले जानकारी दिए ।

मोटरसाइकलसहित पक्राउ परेकालाई आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ । नेपालमा हुन्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो । 

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।

नेपाल राष्ट्र बैङ्कबाट जारी भएको निर्देशन विपरीत पछिल्लो समय यहाँ हुण्डी कारोबार हुने गरेको स्थानीयको भनाइ छ । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले हुण्डी कारोबारलाई निरुत्साहित गर्न निगरानी बढाउँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार