मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’

Ujyalosandeshonline 12455+ समाचार ( )
१ जेठ २०८३, शुक्रबार

सिद्धार्थनगर (भैरहवा) । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ । प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४४ वर्षीय पदमबहादुर केसीको गोली लागेर मृत्यु भएको घटनाको सफल अनुसन्धान तथा दोषीलाई कानुनी दायरामा ल्याउन जिसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । मकैबारी जोगाउन बाँदर लखेट्न जाँदा केसीमाथि गोली प्रहार भई मृत्यु भएको घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले जिसीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित गरेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिसीलाई पुरस्कार प्रदान गर्नुभएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार