मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

व्यवसायी चौधरीसहित ३ जना थप २ दिन थुनामा

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ माघ २०८०, सोमबार

काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित ३ जनालाई काठमाडौं जिल्ला अदालतले थप २ दिन थुनामा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं महानगरपालिका–३ स्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा अपचलन गरेको आरोपमा पक्राउ परेका आरोपीहरुका कानून व्यवसायीको बहसपछि सोमबार अदालतले थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले व्यवसायी चौधरीसहित बाँसबारी छालाजुत्ता कारखानाका लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका अध्यक्ष संजय ठाकुरलाई गत बिहीबार पक्राउ गरेको थियो ।  

कारखानाको १० रोपनी जग्गा सीजी ग्रुप अन्तर्गतको एउटा कम्पनीको नाममा नामसारी भएको घटनामा तीन महिना लामो अनुसन्धानपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले चौधरी र थापालाई उनीहरुकै घरबाट नियन्त्रणमा लिएर अदालतबाट म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको छ ।

विस.२०४९ मा बाँसबारी छालाजुत्ता कारखाना बन्द भएको थियो । पछि चौधरी ग्रुपले कारखाना सञ्चालक समितिबाट निर्णय गराएर १० रोपनी जग्गासहित च्याम्पियन फुटवेयर कम्पनी प्रालिमा हक हस्तान्तरण गराएको थियो । २०५४ मा सो जग्गा प्रालिको नाममा नामसारी भएको पाइएको छ । पछि २०७५ देखि उक्त कम्पनी चाँदबाग रेसिडेन्सी प्रालिमा नाममा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार