झापा–३ मा राप्रपा अध्यक्ष लिङ्देनको उम्मेदवारी सिफारिस

Ujyalosandeshonline 11690+ समाचार ( )
५ पौष २०८२, शनिबार

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेद्वार बन्ने हुनुभएको छ । पार्टीको झापा निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय कार्यसमितिको आज सम्पन्न बैठकले उहाँको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको हो ।

यसअघि उहाँ सोही क्षेत्रबाट दुई पटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । बैठकले समानुपातिकतर्फका उम्मेदवारको नाम भने टुङ्गो लगाएको छैन । पार्टीका जिल्ला अध्यक्ष केशव ओझाले यही पुस १२ गतेसम्म झापाका पाँचवटै क्षेत्रीय समितिले जिल्ला समितिसमक्ष उम्मेदवारको नाम सिफारिस गरिसक्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार