मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

मकवानपुर प्रहरीले गर्यो १६ करोडभन्दा बढीको अवैध सामान नियन्त्रण

Ujyalosandeshonline 12450+ समाचार ( )
१० श्रावण २०८२, शुक्रबार

हेटौंडा । चालु आर्थिक वर्ष २०८१÷८२ मा जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका प्रहरी इकाइहरूले अपराध नियन्त्रण, लागुऔषध रोकथाम, भन्सार छलि नियन्त्रण र ट्राफिक व्यवस्थापनमा उल्लेखनीय कार्यसम्पादन गरेका छन् । प्रहरीको सार्वजनिक विवरणअनुसार, एक वर्षको अवधिमा एक हजार ७५ वटा मुद्दा दर्ता भएका छन् भने  नौं सय २८ जना अभियुक्त पक्राउ परेका छन् ।

लागुऔषधसम्बन्धी १८८ वटा मुद्दा दर्ता गर्दै २८९ जना पक्राउ गरिएको छ। यस क्रममा छ हजार ००४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेश, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५,२७१ थान नाइट्राभेट÷ट्रामाडोल, २,७५७ एम्पुल डाइजेपाम र ४७६ ग्राम ४३३ मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। साथै, ५५ वटा सवारीसाधन समेत नियन्त्रणमा लिइएका छन् ।

प्रहरीले १२० बिगाहा ४ कठ्ठा क्षेत्रफलमा फैलिएको गाँजाको खेती र ३९ बिगाहा १४ कठ्ठा क्षेत्रफलमा रहेको अफिम खेती फडानी गरेको छ। उक्त अभियानमा ४२१ जना प्रहरी परिचालित भएका थिए। अबैध भन्सार छली नियन्त्रणका क्रममा प्रहरीले १६ करोड १७ लाख ७४ हजार रुपैयाँ बराबरको सामान र मुद्रा बरामद गरेको छ। बरामदमा ८ किलो ७३५ ग्राम सुन, २ किलो १९६ ग्राम चाँदी, १० थान सवारीसाधन, ३२ हजार अमेरिकी डलर र १४ हजार यूरो विदेशी मुद्रा समावेश छन्।

फरार १८३ जना अभियुक्त पक्राउ गरी ९९ वर्ष ११ महिना २३ दिनको कैद सजाय कार्यान्वयन गरिएको छ। साथै, १ करोड २१ लाख ७३ हजारभन्दा बढी जरिवाना असुल गरिएको छ। अबैध उत्खनन् विरुद्ध १९५ वटा सवारीसाधन नियन्त्रणमा लिइएका छन्, जसबाट ११ लाख १५ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको छ।

एक वर्षमा ४०७ वटा सवारी दुर्घटना हुँदा ५० जनाको मृत्यु, १६३ जना गम्भीर घाइते र ८०२ जना सामान्य घाइते भएका छन् । ट्राफिक उल्लंघनमा ३० हजार ३४ कारबाहीबाट २ करोड ४१ लाख ४५ हजारभन्दा बढी राजस्व संकलन भएको छ। मापसेमा ८४४ चालक कारबाहीमा परेका छन् भने लागुऔषध सेवन गरी सवारी चलाउने २१ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सामाजिक सुरक्षा र जनचेतनाका लागि २,६१६ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ लाख ४५ हजारभन्दा बढी सर्वसाधारण सहभागी भएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार