मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

भैरहवामा राष्ट्रिय कर दिवस २०८२ भव्यताका साथ सम्पन्न, उत्कृष्ट करदाता सम्मानित

Ujyalosandeshonline 12093+ समाचार ( )
१ मंगशिर २०८२, सोमबार

भैरहवा  । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले शुभकामना आदानप्रदान तथा करदाता सम्मान कार्यक्रम सम्पन्न गरेको छ। भैरहवाको सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी र सञ्चारकर्मीहरूको उपस्थिति थियो । 

कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले आन्तरिक राजस्व कार्यालय भैरहवाले सरकारले दिएको लक्ष्यभन्दा बढी राजस्व असुली गरी उत्कृष्ट कार्य गरेकोमा खुशी व्यक्त गर्नुभयो। उहाँले समाजको रुपान्तरणमा राज्यका निकायसँग स्थानीय उद्योगी व्यवसायीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख राजस्व अधिकृत प्रेमराज पोख्रेलले सम्पूर्ण उद्योगी व्यवसायीलाई राष्ट्रिय कर दिवस २०८२ को शुभकामना दिँदै करदाताको सहयोग र सहकार्यले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढी कर असुल गर्न सफल भएको बताउनुभयो । उहाँले कर प्रशासनले करदातालाई दुःख दिने नभई सहजीकरण गर्ने बताए । केही महिनाभित्रै क्यूआर कोडमार्फत कर तिर्न मिल्ने प्रणालीको विकास हुने जानकारी पनि उहाँले दिनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद आचार्यले राज्यले कर असुली गरे पनि उद्योगी व्यवसायीलाई पर्याप्त सुविधा नदिएको बताउनुभयो । उहाँले कर प्रणाली स्वेच्छिक हुनुपर्ने र करबाट संकलित रकम स्वास्थ्य, शिक्षा र रोजगारमा लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष सचिन रोक्का, सिद्धार्थ सञ्चालका अध्यक्ष अनिल कुमार ज्ञवाली, तिलोत्तम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुरज पंगेनी र वरिष्ठ लेखा परीक्षक शिवहरी शर्माले कर प्रणालीमा सुधार, पारदर्शिता र व्यवसायीमैत्री वातावरणको आवश्यकता औंल्याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार