मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने

अनिल नेपाली 139+ समाचार ( )
२ चैत्र २०८२, सोमबार

अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा जोखिम व्यवस्थापनलाई थप प्रभावकारी र नतिजामुखी बनाउने उद्देश्यले ‘वन डढेलो सचेतना तथा व्यवस्थापन सप्ताह २०८२’ को शुभारम्भ गरेको छ । गर्मीयाम सुरु भएसँगै वन क्षेत्रमा हुनसक्ने सम्भावित आगलागीका घटनालाई मध्यनजर गर्दै कार्यालयले योजनाबद्ध रूपमा जनशक्ति परिचालन र नियन्त्रणको तयारी थालेको हो ।

सप्ताह शुभारम्भसँगै वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहितको १२ सदस्यीय विशेष ‘वन डढेलो नियन्त्रण दस्ता’ गठन गरी जिल्लाभर परिचालन गर्ने व्यवस्था मिलाइएको छ । डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सन्तबहादुर थिङका अनुसार आवश्यक उपकरणसहित तयार गरिएको उक्त नियन्त्रण टोली आगामी जेठ मसान्तसम्म जिल्लाका विभिन्न वन क्षेत्रमा सक्रिय रूपमा खटिनेछ ।

डढेलोका घटनालाई तत्काल सम्बोधन गर्न प्रविधिको समेत उच्चतम प्रयोग गरिएको छ । सूचना अधिकारी केशव खड्काका अनुसार जिल्लाका ६ वटै सब–डिभिजन वन कार्यालयहरूले डढेलो सम्बन्धी घटना भएको २४ घण्टाभित्रै अनिवार्य जानकारी गराउने गरी ‘वन डढेलो रिपोर्टिङ २०८२/०८३’ नामक अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ । यस प्रणालीले तत्काल सूचना आदानप्रदान गरी क्षति न्यूनीकरण गर्न र तत्काल उद्धारमा खटिन मद्दत पुग्ने कार्यालयको विश्वास छ ।

कार्यक्रममा बोल्दै वरिष्ठ वन अधिकृत थिङले वन डढेलो नियन्त्रणसँगै वन पैदावारको चोरी निकासी रोक्न पनि उत्तिकै सक्रिय भूमिका निर्वाह गर्न सम्पूर्ण कर्मचारीहरूलाई निर्देशन दिनुभएको छ । त्यस्तै, सूचना अधिकारी खड्काले नवनिर्मित वन डढेलो नियन्त्रण दस्ताको गठन प्रक्रिया, कार्यालयको आगामी रणनीतिक योजना र विपद्को समयमा तत्काल गर्नुपर्ने कार्यभारका विषयमा विस्तृत जानकारी गराउनुभएको थियो ।

सचेतना सप्ताह शुभारम्भ कार्यक्रममा भू तथा जलाधार कार्यालय अर्घाखाँचीका प्रमुख राकेश कुँवर, भूमिकास्थान सब–डिभिजन कार्यालयका प्रमुख रामबहादुर घलान, वन अधिकृत अरुण आचार्य, पाणिनी सब–डिभिजन वन कार्यालयका प्रमुख दीपक पाण्डे लगायत वन तथा वातावरण क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार