मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

खेलकुद परिषद् ६१ वर्षमा प्रवेश

Ujyalosandeshonline 12456+ समाचार ( )
१३ भाद्र २०८१, बिहीबार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिक उत्सव मनाइएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङले दीप प्रज्वलन गर्दै ६१ औं वार्षिक उत्सव मनाइएको हो । दीप प्रज्वलन गर्दै घिसिङले खेलकुदलाई नयाँ उचाईमा पुर्याउनुपर्ने चुनौती रहेको बताए । सबै खेलकुदकर्मीहरुलाई शुभकामना दिँदै उनले बार्षिक उत्सवको मूल समारोह केही दिनपछि हुने जानकारी दिए ।

पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौं १३ गते परिषद्ले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । मुल समारोह कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी सस्थाहरुलाई सम्मान गर्दै आएको छ । २०२१ भदौं १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई परिषद्ले स्थापना मान्दै आएको छ ।

यस्तै वल्र्ड सेपाताक्रो च्यापियनसिपमा सहभागी हुन जाने खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले विदाई गरेको छ । सोपाताक्रो एशोसिएसन थाईल्याण्डको आयोजनामा आईएसटीएएफ वल्ड सेपाताक्रो च्याम्पियनशिप तथा ३७ औ थाइकिङ कपमा सहभागी हुने १३ सदस्यीय टोलीलाई परिषद्का सदस्य सचिव टंकलाल घिसिङले विदाई गरेका हुन् । 

भदौं १६ गते देखि २३ गते(सेप्टेम्वर १ देखि ८, २०२४) सम्म हुने च्याम्पियनशिपमा टिम क्याप्टेनमा रोशन तामाङ, खेलाडीहरु दिपेशजंग थापा, पदम् बहादुर ठाडामगर, अलिन जर्गामगर, सुजन थिङ, उमेश बहादुर महतो, चन्द्र चौधरी  र सुमित्रा डंगोल सहभागी हुँदैछन् । यस्तै टीम नेशिर मास्के आईटीओ, जीतेन्द्र थापामगर टिम म्यानेजर, महेन्द्र राई र श्याम बहादुर श्रेष्ठ प्रशिक्षक तथा सोम माया थापा मगर रेफ्रीका रुपमा सहभागी हुने छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार