Logo

लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियान : लेडी लायन्सद्वारा बिद्यार्थीलाई ब्यक्तित्व विकास तालिम

ujyalosandesh online १९ मंसिर २०७९, सोमबार १८:०३ मा प्रकाशित

भैरहवा । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत लायन्स क्लब अफ सिद्धार्थनगर लेडी युथले लिलाराम न्यौपाने माध्यमिक बिद्यालयका छात्राहरुलाई ब्यक्तित्व विकास तालिम दिएको छ ।
१६ दिने अभियान अन्र्तगत क्लबले बिभिन्न बिद्यालयहरुमा छात्राहरुलाई ब्यक्तिगत विकास संगै बिभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । अभियानको टिम सदस्य तनु शर्मा कसौधनका अनुसार बिद्यालयहरुमा अध्ययन गर्ने छात्राहरुलाई अभियान र हिंसाबाट जोगिने उपायहरुका बारे जानकारी दिने बताईन । “बिद्यालय, समाज र अन्य अपरिचित तथा परिचित ब्यक्तिहरुबाट हुने हिंसाबारे जानकारी गराई रहेका छौं ।” कसौधनले भनिन् “यस संगै छात्राहरुको नेतृत्प विकास तथा ब्यक्तिगत विकास बारे पनि जानकारी प्रदान गरिरहेका छौं ।”
लिलाराम न्यौपाने माध्यमिक बिद्यालयका ६९ जना बिद्यार्थीलाई ब्यक्तिगत विकास तालीम प्रदान गरिएको कार्यक्रम संयोजक शिल्पा श्रीवास्तवले जानकारी दिईन । उनले यस अघि पनि खजहना आधारभूत बिद्यालयमा छात्राहरुलाई “खराब छुवाई र असल छुवाइ” को बिषयमा तालीम प्रदान गरिएको बताईन । तालीमलाई अनामिका जयसवालले सहजीकरण गरेकी थिईन ।
ब्यक्तित्व बिकास तालीम क्लबकी अध्यक्ष सबा खानको अध्यक्षता तथा रुपन्देही क्याम्पसका प्रमुख लक्ष्मण ज्ञवालीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।


लोकप्रिय समाचार
ट्रेंडिंग समाचार