Logo

प्रहरीद्वारा १८ लाखको अवैध सामान नियन्त्रणमा

ujyalosandesh online ४ चैत्र २०७९, शनिबार २२:१४ मा प्रकाशित

भैरहवा । रुपन्देही प्रहरीले १८ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ७ बनगाईबाट १८ लाख ३६ हजार ६८० रुपियाँ बराबरको भन्सार छलीको सामान नियन्त्रणमा लिएको हो ।
रुपन्देहीको मर्चवारी गाउँपालिका–४ बस्ने ३६ वर्षीय ओमप्रकाश यादवले चलाएको ग १ त ४६२५ नम्बरको ट्याक्टरलाई बनगाईमा रोकेर चेकजाँच गर्दा भारतबाट ल्याउँदै गरेको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीमा अनुसार चेकजाँचका क्रममा लेडीज सुट ५६८ पिस, ब्लाउजको भित्री अस्तर २ हजार पिस, पहेंलो धोतीको कपडा २ हजार ६४० पिस, पुजामा प्रयोग गरिने सेतो कपडा ३८० पिस, जेन्स बेल्ट ४१० पिस बरामद गरी ट्याक्टरसहित नियन्त्रणमा लिइएको हो । बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
ट्रेंडिंग समाचार